Skip to main content

उच्च शिक्षा सुधारका लागि बहस शुरु

काठमाडौं  / नेपालमा उच्च शिक्षा सुधारका निमित्त विद्वानहरूले छलफल तथा बहस शुरु गर्नुभएको उच्च शिक्षा प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा विद्वानहरूले नेपालमा शिक्षाको स्तर सुधारबारे छलफल गर्नुभएको हो

     
पछिल्लो समय नेपालमा २४ वटा विश्वविद्यालय उच्च शिक्षाका निमित्त तयार भएपनि नेपाली विद्यार्थी तथा अभिभावकको चाहना विदेशतिर बढिरहेको यसप्रति विद्वानहरुले चासो चिन्ता व्यक्त गरेका छन्

    उच्च शिक्षा प्रतिष्ठानका अध्यक्ष एवम् त्रिविका पूर्व उपकुलपति डा. तीर्थ खनियाले नेपालबाट अघिल्लो आठ महिनाको अवधिमा मात्रै खर्ब ५० अर्ब बराबरको रुपैयाँ उच्च शिक्षाका निमित्त विदेशिएको तथ्याङ्क प्रस्तुत गर्नुभयो जब कि नेपालको सिङ्गो शिक्षा प्रणालीका निमित्त अर्ब लगभग रकम विनियोजन हुने गरेको शिक्षा क्षेत्रमा देखिएको यति ठूलो विरोधाभासका कारणहरू खोज्दै विद्वानहरूले आत्मसमीक्षा गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए निश्चय पनि नेपालमा उच्च शिक्षाका लागि गरिने लगानीको गुणस्तरबारे प्रश्न हुन थालेको

    विद्यार्थीहरू बाहिर जानुमा पुस  फ्याक्टरका रुपमा गुणस्तरीय शिक्षामा कमी, आर्थिक सुविधाको अभाव, राजनैतिक अस्थिरता तथा कामका सीमित अवसर आदि औलाइएको थियो यसैगरी, पुलिङ फ्याक्टरका रूपमा विदेशमा मात्र राम्रो ठानिने मनोविज्ञान, स्कलरशिपको व्यवस्था वृत्ति विकासका निमित्त अवसर लगायतका कुराहरु रहेका छलफलमा उल्लेख गरिएको

    पछिल्लो समय काठमाडौँमा देखिने होर्डिङ बोर्डको मात्रै अध्ययन गर्ने हो भने पनि स्टडी इन जापान लेखेका बोर्डहरु बढी देखिन्छन् यसले नेपालको मध्यम स्तरका विद्यार्थीहरु लाई लोभ्याइरहेको देखिन्छ

    नेपाल सरकारले पनि यस समस्याको हल निकाल्न सकिरहेको छैन सुधारको बाटोमा राजनीतिक उदासीनता नीति असंवेदनशीलता ठूलो बाधा हो सरकारले सुधारमा त्वरितता देखाउन सकेको छैन, धेरै नीतिनिर्धारकहरूले आफ्ना छोराछोरीहरूलाई विदेश पठाउँछन्, जसले उनीहरूलाई स्थानीय समस्याप्रति कम संवेदनशील बनाउँछ धनको अभाव परिवर्तनको प्रतिरोधले पनि सुधारलाई अड्काउँछ

    उक्त कार्यक्रममा प्रोफेसर डाक्टर खगेन्द्र भट्टराई, चिरञ्जीवी श्रेष्ठ, अभिमन्यु थापा, भोला थापा, प्रेमनारायण अर्याल, शान्ति कृष्ण अधिकारी, रमेश ढुङ्गा ढुंगेल, प्रेमप्रसाद पौडेल, हरि लम्साल, दिल्लीराम उप्रेती, शिवकुमार सापकोटा, वेदराज आचार्य लगायतले विचार व्यक्त गर्नुभएको थियो ।


Comments

Popular posts from this blog

विवादको अर्काे नाम महान्यायाधिवक्ता भण्डारी ः रोकिएन विवादास्पद निर्णय !

काठमाडौं ÷ जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले महान्यायाधिवक्ताका रूपमा नियुक्त गर्दा सविता भण्डारीले मुलुककै पहिलो महिला महान्यायाधिवक्ताको इतिहास रचेकी थिइन् । तर, आफ्नो कार्यकालको ६ महिनामै उनी विवादैविवादले घेरिएकी छन् । नियुक्तिको सुरुमै स्वार्थ बाझिने गरी परिवारका सदस्य जोडिएको क्लिनिकविरुद्ध डिम्ब प्रकरणमा मुद्दा नचलाउने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन र वल्र्डलिंकको ‘राजस्व चुहावट’ कसुरमा मुद्दा नचलाउने निर्णयले उनी लगातार विवादित बनेकी हुन् । राजस्व अनुसन्धान विभागले वल्र्डलिंक कम्युनिकेसनले दूरसञ्चार सेवा दस्तुरतर्फ आर्थिक वर्ष २०७७÷७८ देखि २०८१÷८२ सम्म ‘फिक्स्ड ब्रोडब्यान्ड’ को शतप्रतिशत मर्मतसम्भार शुल्क देखाएर असुल गरेको रकमको कर सरकारी खातामा दाखिला नगरी दुई अर्ब ९४ करोड ३७ लाख ४७ हजार ८०० रुपैयाँ राजस्व चुहावट गरेको प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।  साथै, आव २०८१÷८२ को आय विवरणमा कट्टी गर्न नपाउने खर्च कटाएर ७३ करोड आठ लाख रुपैयाँ राजस्व छलेको भन्दै विभागका नि...

नयाँ प्रधानमन्त्रीको शपथ आज

काठमाडौँ / मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।   राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल , यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि , नागरिक समाज , उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।    

शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ /  गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् ।