Skip to main content

पहलगाम घटना : काठमाडौं लगायत विभिन्न स्थानमा शोकसभा र दीप प्रज्वलन

काठमाडौं / भारतको जम्मुकाश्मिरस्थित पहलगाममा भएको आतंककारी हमलामा ज्यान गुमाएका रुपन्देही बुटवलका सुदीप न्यौपानेको सम्झनामा काठमाडौँमा शुक्रबार साँझ दीप प्रज्वलन गरिएको सो अवसरमा सहभागीहरूले न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए गत मंगलबार भारतको जम्मूकश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा सुदीप मारिएका थिए  

        यस्तै, उक्त आतङ्ककारी हमलामा मारिएका नेपालीसहित भारतीय तेस्रो मुलुकका नागरिकको सम्झनामा भैरहवामा शोकसभा दीप प्रज्वलन गरिएको  

भैरहवाको बुद्धचोकमा शुक्रबार साँझ नेपालभारतमैत्री केन्द्र, रुपन्देही नागरिक समाज नेपालभारत पूर्वसैनिक परिवार कल्याण सङ्गठनको संयुक्त आयोजनामा शोकसभा दीप प्रज्वलन गरिएको हो 

प्रतिनिधिसभा सदस्य एवं पूर्वपर्यटनमन्त्री प्रेमबहादुर आलेले घटनाको जति निन्दा गरेपनि कमै हुने बताए  उनले मृतकप्रति श्रद्धाञ्जली शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे  पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले जातीय, धार्मिक, सांस्कृतिक कुनै किसिमका आतङ्कवाद  स्वीकार्य नहुने बताए  मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवाल, नागरिक समाजका अध्यक्ष अमित गुप्ता, भूपुसैनिकका अध्यक्ष रेशम केसीले आतङ्ककवादी घटनाले आफूलाई दुःखी तुल्याएको जनाए 

शोकसभा तथा दीप प्रज्वलनमा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी, स्थानीयलगायत सहभागी थिए  शोकसभापछि दीप प्रज्वलन गरेर मृतकहरूको सम्झनाका साथै पाकिस्तानको यस्तो आतंकवादी गतिविधिको घोर निन्दा गरिएको थियो 






 

Comments

Popular posts from this blog

विवादको अर्काे नाम महान्यायाधिवक्ता भण्डारी ः रोकिएन विवादास्पद निर्णय !

काठमाडौं ÷ जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले महान्यायाधिवक्ताका रूपमा नियुक्त गर्दा सविता भण्डारीले मुलुककै पहिलो महिला महान्यायाधिवक्ताको इतिहास रचेकी थिइन् । तर, आफ्नो कार्यकालको ६ महिनामै उनी विवादैविवादले घेरिएकी छन् । नियुक्तिको सुरुमै स्वार्थ बाझिने गरी परिवारका सदस्य जोडिएको क्लिनिकविरुद्ध डिम्ब प्रकरणमा मुद्दा नचलाउने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन र वल्र्डलिंकको ‘राजस्व चुहावट’ कसुरमा मुद्दा नचलाउने निर्णयले उनी लगातार विवादित बनेकी हुन् । राजस्व अनुसन्धान विभागले वल्र्डलिंक कम्युनिकेसनले दूरसञ्चार सेवा दस्तुरतर्फ आर्थिक वर्ष २०७७÷७८ देखि २०८१÷८२ सम्म ‘फिक्स्ड ब्रोडब्यान्ड’ को शतप्रतिशत मर्मतसम्भार शुल्क देखाएर असुल गरेको रकमको कर सरकारी खातामा दाखिला नगरी दुई अर्ब ९४ करोड ३७ लाख ४७ हजार ८०० रुपैयाँ राजस्व चुहावट गरेको प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।  साथै, आव २०८१÷८२ को आय विवरणमा कट्टी गर्न नपाउने खर्च कटाएर ७३ करोड आठ लाख रुपैयाँ राजस्व छलेको भन्दै विभागका नि...

नयाँ प्रधानमन्त्रीको शपथ आज

काठमाडौँ / मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।   राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल , यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि , नागरिक समाज , उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।    

शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ /  गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् ।