Skip to main content

मिस पविको १६ वर्षमै डिभोर्स


डडेलधुराकी पवित्रा साकी अहिले मिस पविको रुपमा चर्चित छिन्

सानैदेखि नाचगानमा रुचि राख्ने उनको मोडल बनिहाल्ने सपना थिएन तर टिकटकले उनलाई कलाकारिताको बाटो देखाइदियो मीठो मुस्कानकी धनी मिस पविइनोसेन्ट आत्मविश्वासी लाग्छिन् झण्डै डेढ दर्जन म्युजिक भिडियोमा आफ्नो सुन्दरता अभिनय कौशल प्रदर्शन गरिसकेकी उनी अब कलाकारिताकै बाटोमा यात्रा गरिरहन चाहन्छिन् उनको अबको सपना फिल्ममा अभिनय गर्नेछ

टिकटकमा डोटेली भाषा बोलेको भिडियोमार्फत चर्चा आएकी मिस पविको राजनीतिक सुझबुझ पनि निकै राम्रो हुन्छ नयाँपुस्ताका राजनीतिज्ञले देशमा केही परिवर्तन ल्याउँछन् कि भन्ने उनको आशा

यस्तै, मिस पविले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् एक युट्युब अन्तर्वार्तामा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन् कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न जुन कुरा भएको थियो, सक्कियो यसमा पछुतो छैनउनले भनेकी छन्, ‘त्यहाँबाट धेरै कुरा सिक्न पाएँ लाइफमा अघि बढ्नुपर्छ भन्ने कुरा सिकेँ

डिभोर्सकै कुरामा अल्झिएर बस्न उचित नहुने उनको भनाइ डिभोर्सकै कुरामा बसेर रोइरहने, कराइरहने, उसले मलाई यस्तो गर्यो त्यस्तो गर्यो भन्ने त्यो चाहिँ हुनुहुँदैनउनी भन्छिन् बच्चा उमेरमै डिभोर्स भएको अहिले बुझ्ने भएको उनको भनाइ

अहिले २५ वर्षकी भएँ अहिले धेरै कुरा बुझेजस्तो लाग्छ त्यतिबेला नबुझेजस्तो कतिपटक सुसाइड गर्ने प्रयास पनि गरेँ जुन समाजबाट आएकी छु, त्यहाँ त्यसरी हेरिन्छमिस पविले भनिन्

आफूले जीवनमा धेरै राम्रो कुरा गरेपनि मान्छेले नराम्रो कुरा मात्र कोट्याउने गरेको दुःखेसो उनले पोखिन् मैले लाइफमा राम्रो कुरा पनि गरेकी छु नि मान्छे नराम्रो कुरालाई निकाल्न खोज्छन मैले एसेप्ट गरे पनि नगरेपनि बच्चाको उमेरमा त्यस्तो भएको होउनले भनिन्

डिभोर्सको कुरालाई इंगित गर्दै उनले भनिन्, ‘त्यो घटना मेरो लाइफको ठूलो दशा थियो, जुन कट्यो अहिले आउँदा त्यतिबेलाको कुरा सानो लाग्ने उनको भनाइ अहिले पनि आफूसँग स्कुलका साथीहरू पनि साथमा नरहेको बताउँदै गर्दा उनले आँसु बगाइन्

Comments

Popular posts from this blog

विवादको अर्काे नाम महान्यायाधिवक्ता भण्डारी ः रोकिएन विवादास्पद निर्णय !

काठमाडौं ÷ जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले महान्यायाधिवक्ताका रूपमा नियुक्त गर्दा सविता भण्डारीले मुलुककै पहिलो महिला महान्यायाधिवक्ताको इतिहास रचेकी थिइन् । तर, आफ्नो कार्यकालको ६ महिनामै उनी विवादैविवादले घेरिएकी छन् । नियुक्तिको सुरुमै स्वार्थ बाझिने गरी परिवारका सदस्य जोडिएको क्लिनिकविरुद्ध डिम्ब प्रकरणमा मुद्दा नचलाउने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन र वल्र्डलिंकको ‘राजस्व चुहावट’ कसुरमा मुद्दा नचलाउने निर्णयले उनी लगातार विवादित बनेकी हुन् । राजस्व अनुसन्धान विभागले वल्र्डलिंक कम्युनिकेसनले दूरसञ्चार सेवा दस्तुरतर्फ आर्थिक वर्ष २०७७÷७८ देखि २०८१÷८२ सम्म ‘फिक्स्ड ब्रोडब्यान्ड’ को शतप्रतिशत मर्मतसम्भार शुल्क देखाएर असुल गरेको रकमको कर सरकारी खातामा दाखिला नगरी दुई अर्ब ९४ करोड ३७ लाख ४७ हजार ८०० रुपैयाँ राजस्व चुहावट गरेको प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।  साथै, आव २०८१÷८२ को आय विवरणमा कट्टी गर्न नपाउने खर्च कटाएर ७३ करोड आठ लाख रुपैयाँ राजस्व छलेको भन्दै विभागका नि...

नयाँ प्रधानमन्त्रीको शपथ आज

काठमाडौँ / मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।   राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल , यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि , नागरिक समाज , उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।    

शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ /  गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन् ।