सिंहासन खाली राख्न नहुुने परम्परा अनुसार तत्कालीन गोरखाली राजा नरभुपाल शाहा को निधन भयको दीन पृथबिनारायण शाहा ले गद्दी आरोहन गर्नुभयो ।
तेस्बखत उहले
पहिरिनुभयको मुकुट को स्वोरुप ठ्याक्कै हाल्को
जस्तो थीयन । चाँदतोडा अर्थात
पगडीमा चाँद जाडिएको हुन्थ्यो । चाँदमाथि पक्षिको
प्वाखँ (फुर्का) हालिन्थ्यो । मुगल सम्राठका
जस्तो फेटामा फुर्के कल्की लगाई देवता सामुन्ने नमस्ते गरेर बसेका काठमाडौं उपत्यकाका राजाहरुको मूर्ति अहिले पनि छन । कुनै
चित्रकारले फुर्का र कुनैले हुमाउ
कल्की जोडिएको चाँदतोडा पहिरिएका पृथ्वीनारायणको चित्र बनाएका पनि छन । पृथ्वीनारायणले
नै मुकुटमा हुमाउ चरो (बर्ड अफ प्याराडाईज) सहितको
कल्की प्रयोग गर्न सुरु गरेको दाबी गरिएको पनि छ ।
उबेला
राजा र युवराजले मात्र
श्रीपेच लाउन पाउने चलन थियो तर दुवैको फरक
थियो । मुख्यिार अर्थात
प्रधानमन्त्रीले टोपि लगाउने चलन थियो । हुनत मुख्तियारले
पनि फुर्का वा हुमाउ कल्की
सहितको चाँदतोडा लगाएका कल्पना गरीएका चित्र असाध्य फेला पार्न सकिन्छ । २०५६ सालको
मदन पुरस्कार वितरण समारोहमा समबोधन गर्दा राजदरबारका तत्कालिन बडा गुरुज्यू केशरीराज पाण्डेले मुकुटमा हुमाउ कल्कीको प्रयोग नेपालमै सुरुवात भएको दावि गर्नुभएको थियो ।
जङ्गबाहादुर
कुवँर(राणा) प्रधानमन्त्री भएलगतै कलकत्तास्थित नेपाली वकिललाई पत्र लेखियो । प्रधानमन्त्रीका लागि लायक
को हुमायु कल्की पठाईदिनुभनेर लेखिएको पत्र अझै सुरक्षित रहेको बताउदै इतिहाँसकार प्रा.डा.त्रिरत्न मानन्धरले
थप्नुभयो , त्यसपछि जङ्गबहादुरको भव्य श्रीपेच तयार गरियो । राजा–महाराजाले
लगाउने श्रीपेचको सुधारिएको स्वरुप जङ्गबहादुरकै पालाबाट सुरु भयो । प्रधानमन्त्रीले शानदार श्रीपेच
लगाउन थालेपछि राजा सुरेन्द्रका खातिर पनि त्यसतै श्रीपेच बनाईयो । राजाको श्रीपेचमा
नवरत्न बढी हुन्थ्यो । राजा र
प्रधानमन्त्रीको श्रीपेचमा प्रयोग गरिने नवरत्नको आकार तथा बुट्टाका बनोटको व्याख्या इतिहासकार पर्सिभलल्यान्डनले नेपाल पुस्तकमा गर्नुभएको छ । त्यस
बखतका नामुद चित्रकार भाजुमानले तयार गर्नुभएको भनिएको एउटा चित्रमा तत्कालिन युवराज त्रैलोक्य (बलेट महाराज) भन्दा जङ्गबहादुरको श्रीपेचको आकार ठुलो र भव्य देखाईएको
छ ।
इतिहाँसकार
ज्ञाणमणि नेपालले श्रीपेचको हालको विकशित रुप जङ्गबहादुरका पालाबटै सुरुभएको बताउदै भन्नुभयो “जङ्गबहादुरले श्रीपेचमा प्रयोग हुने रत्नको सङ्ख्या बढाए र आफुले पनि
श्रीपेच लगाउने परम्परा थालनी गरे ।” जङ्गबहादुरले आफुले
बनाउन लगाएको भव्य श्रीपेच लिएर नै बेलायत यात्रामा
निस्किनुभएको थियो । इतिहासकार पुरुषोत्तमशमशेर
राणाका अनुसार तत्कालीन बेलायती महारानी भिक्टोरियाले बकिङ्घम दरबारमा आयोजना गर्नुभएको विशेष समारोहमा सहभागी हुन जाँदा जङ्गबहादुर श्रीपेच लगाएरै बग्गीमा सवार हुनुभएको थियो । “कहाँबाट आएका
मानिस हुन् ? शिरमा के पहिरिएका छन्
?” भन्दै लन्डनवासी बग्गीमा सवार जङ्गबहादुरबारे एक–अर्काप्रति जिज्ञासा
राख्ने गरेका थिए । जङ्गबहादुरको बेलाइत
यात्रा पुस्तकमा यस्तो लेखिएको छ, “तीन भाइ त्यस सभामा भारि गहना पोसाक लायाका । कस्ता पोसाक
थियो भन्या पगरीमा हीरा जडाउ भयाको चन्द्रमा मोतीका सेली पन्नाका लड्कन्, नौरत्न जड्याका पेचवन्द सेली, हुमाहुका परको कल्की...” । जङ्गबहादुर, धीरशमशेर
र जगतशमशेरले श्रीपेच पहिरिएको चित्रकला बेलायतमा तयार गरिएको र त्यसलाई आफुले
सिंहशमशेरको घरमा देखेको इतिहासकार पुरुषोत्तमशमशेरले सुनाउनुभयो । बच्चालाई त्यो
श्रीपेच निकै मन परेको कुरा
महारानी भिक्टोरियाले भन्नुभएपछि जङ्गबहादुरले टाउको हल्लाएर धन्यवाद दिनुभएको थियो ।
जङ्गबहादुरले
भारतमा सिपाइ विद्रोह दबाउन जानुभएको बखत हात पार्नुभएको रत्न प्रयोगगरि आफ्नो श्रीपेच झकिझकाउ पारेको कथन पनि छ । श्रीपेचवरिपरि
दुई दर्जनभन्दा बढि पन्नाको लटकन राखियो जबकि राजा सुरेन्द्र को श्रीपेचमा अगाडि
मात्र पन्ना झुन्डिएका थिए । राजाको भन्दा
प्रधानमन्त्रीको श्रीपेच भव्य बन्न पुग्यो । पन्ना विजोर
सङ्ख्यामा हुनु पर्ने चलन थियो । पृथ्वीवीक्रमको समयमा
राजाले लगाउन उपयुक्त हुने श्रीपेच बनेको , त्यसमा मणिकको गच्छा धेरै मूल्यवान् भएको र कल्की पनि
विशिष्ट भएको कुरा दरवारका तत्कालिन बडागुरुज्यू केशरीराज पाण्डेले मदन पुरस्कार वितरणबखत सुनाउनुभएको थियो ।
हुमाउ
चराको जीवन अधिकांश समय आकाशमै बित्ने भएकाले स्वर्गको चरा भन्ने गरिन्थ्यो । हुमाउ चराको
कल्की पहेँलो र सेतो रङगको
हुन्छ । अस्ट्रेलिया र
बेलायतबाट ल्याईने हुमाउ कल्की तिनताका भारतको कोलकता का बजारमा सहजै
किन्न पाइन्थ्यो मृत चराको टाउका सहित कल्कीलाइ श्रीपेचमा जडान गरिन्थ्योय । मयुरको प्वाँखलाइ
हुमाउ कल्कीमा घुसाउने चलन पनि चलाईयो । जङ्गबहादुरको पालाामा
राणा परिवारभित्र तोकिएका सदस्यले पनि श्रीपेच लगाउन पाउने भए । ज्वाँई
सम्मलाई यस्तो अवशर दिईयो । राज परिवार
तर्फ साहेबजी र चौतारियाले पनि
श्रीपेच लाउन पाउने भए । पछि
त जर्नेलसम्मका शिरमा श्रीपेच देखिन थाले । कमान्डर ईन
चिफ बन्नुभएका रणशमशेरजस्ता जँड्याहालाई श्रीपेच लगाई दिदा दुई जनाले समाउनुपथ्र्याे भनि इतिहासकार प्रमोदशमशेरले आफ्नो पुस्तकमा लेख्नु भएको छ । सरकारले
चाँद दिन्थ्यो र त्यसमा हुमाउ
कल्की जडान गरि श्रीपेच बनाउने जिम्मा सम्बन्धितकौ हुन्थ्यो । राणापरिवारका महिलाले
पनि कल्की सहितको मुकुट लगाउन थाले । जङ्गबहादुरका छोरा
जगतजङ्गले राजा सुरेन्द्रकि जेठी छोरीसँग बिहे गर्नु भएको थियो र बिहेमा वरबधु
दुवैले कल्की सहितको मुकुट पहिरिनुभएको थियो ।
सर्वसधारणले
भने यो श्रीपेच पहिरिने
अवसर पाउने कुरै भएन । जागिरदार सम्मले
शिरमा चाँदतोडा पहिरिने अवसर पाएका थिए । जङ्गबहादुरका विश्वास
पात्र पहलमानसिंह बस्नेत (कर्नेल) ले हुमाउ कल्की
सहितको चाँदतोडा प्राप्त गरेका थिए । श्रीपेच लगाउन
पाउने अवसर पाएका बस्नेत जर्नेल भन्दा तल्लो दर्जाका र राणा तथा
शाहा परिवारबाहेकका पहिलो व्यक्ति भएको इतिहासकार पुरुषोत्तमशमशेर दाबि गर्नु हुन्छ । राज पुरोअितलेपनि
हुमाउ कल्की सहितको चाँदतोडा लगाउने अवसर पाए । जागिरदारले फुर्के
चाँदतोडा लगाएका तस्वीर बग्रेल्ती देख्न पाईन्छ । काजि सरकारदेखि
कर्णेलसम्मले हिराको चाँद लगाउन पाए । तह अनुसार
चाँद दिईन्थ्यो । चाँद सुन
वा चाँदिको हुन्थ्यो । उर्दिमा पहिरनुपर्ने
चाँदतोडा जागिरबाट हटेपछि सरकारलाई फिर्ता दिनै पथ्र्याे ।
राज्यारोहन
,राज्याभिषेक , विवाह , व्रतबन्ध लगाएतका समारोहमा त्रिपाल टागिन्थ्य र ति हरेक
पाल भित्र बस्नाकालागि चाँदतोडाको किसिम तोकिएको हुन्थ्यो । यस्ता समारोहमा
सहभागिहुन चाँदतोडा वा श्रीपेच मागेर
काम चलाउने हरु पनि उत्तिकौ हुन्थे । नाटककार बालकृषण
समले आफ्नो पुस्तकमा विवाहका दिन हुमाउ कल्की भएको हिराको श्रीपेच लगाएको उल्लेख छ । उँहाका
नाति जीवनशमशेरले जागिरदार नभएका राणा परिवारका सदस्यले विवाह , ब्रतबन्ध , पास्नी लगाएत अवशरमा मागेर श्रीपेच लगाउने गरेको सुनाउनु भयो । इतिहासकार पुरुषेत्तमशमशेरले
भन्नुभयो , मेरो विहेमा काका धनशमशेर सँग श्रीपेचि मागेर काम चलाएको थिए ।
राजा
र प्रधानमन्त्रीका श्रीपेच हस्तान्तरण हुदै जान्थ्यो । टाउकाको आकार
नमिल्ने भएकाले नयाँ घगोसित हुने राजा र प्रधानमन्त्रीले प्राय ः
नयाँ श्रीपेच बनाउथ्य । नयाँ बनाउदा
रत्न थपथाप गथ्र्ये । १३ वर्ष
२ महिना २६ दिन शाशन
गर्नुभएकका जद्धशमशेरले आम.फुलाई सन्यासि
घोषना गरेर पधशमशेरलाई श्री ३ महाराज तथा
प्रधानमन्त्रीको पदवी हस्तान्तरण गर्नुभयो । २००२ मङ्सिर
१४ गते शुक्रबार गोरखापत्रमा यस्तो समाचार छापिएको थियो । ,,आज दिउसो १.५५ बजे नेपालका
प्राईमिनीस्टर श्री३ महाराज जुद्धशमशेर जङ्गबहादुर राणाबाट आफ्नै बाहुलीले प्राईमिनिस्टरको श्रीपेच श्री कमाणडर ईन चिफ (बर्तमान
श्री ३ महाराज ) पधशमशेर
जङ्गबहादर राणालाई पहिराइदिबक्स्यो । सुनका तोडा
सम्म निजामति जंगी अफिसर पगरि लाई दिनको १२ बजे सिंहदरबारमा
हाजीरी थियो ।
आन्तरिक
दबाब खप्न नसकेपछि औषधि उपचारको बाहानामा पधशमशेर भारतको राँचि पुग्नुभयो । आफुसाथ श्रीपेच
लिएरै जानुभयो । पछि डम्बर
शमशेरथापाका हातमा राजीनामापत्र र श्रीपेच लीएर
आउँदै गरेको जानकारी विरग्ञ्ज बाट दिएपछि मोहोन शमशेरले हतारीदै आफु प्रधानमन्त्री तथा श्री ३ महाराज भएको
घोषणा गर्नुभयो । श्रीपेच पहिरिएर
प्रधानमन्त्री बनेको घोषणा गर्नुपर्नेमा श्रीपेच आईनपुगेकाले , फरेक्स क्याप लगाएरै मोहोनशमशेर गद्दीमा बसेको इतिहासकार पुरुषेत्तमशमशेरको भनाई छ ।
राणाकालको
अनत्य पछि मोहनशमशेरले प्रधानमन्त्रीको श्रीपेच तत्कालिन राजा त्रिभुवन समक्ष बुझाउनुभयो । इतिहासकार पुरुषोत्तमशमशेरका
अनुसार त्रिभुवनले मोहनशममशेरको श्रीपेचलाई माहाविरशमशेर मार्फत अमोरिकामा बिक्रि गर्न लगाउनुभयो । स्वीटजरल्यान्डमा उपचारगराउन जादाँ
त्रिभुवनले सोहिरकम लिएर गएको दाबि परुषोत्तमशमशेरको रहेको छ । दरबारका
तत्कालिन मिरसुब्बा दयारामभक्त माथेमाद्धारा लिखित अनुभव र अनुभुति पुस्तकमा
त्रिभुवनको मृत्यु पछि शवलाई ज्युरिचबाट काठमान्डौं ल्याउनकालागि कौसितोसाखानाका हाकिमले पाँच छ लाख भारतीय
रुपियाँ मलाई बुझाई भर्पाइँ लिएर गए भनि लेख्नु
भएको छ ।
राजा
त्रिभुवन २००७ कात्तिक २१ गते फिकनिक
बक्स मा गरगहना र
नगत राखेर भारतीय दुताबासमा शरण लिन जानुभयो । बन्दरगाहा स्थित
मामाघरमा त्रिभुवन का माहिला नाति
ज्ञानेन्द्र र कान्छा नाति
धीरेन्द्रलाई छाडिएको थियो । कात्तिक २२
गते भारदारिसभा डाकियो । सभाले परम्परादेखि
मानिआएको वशंलाई खारेज गर्नु मुनासिव नहुने भन्दै महिला साहाजादालाई गद्दिमा चढाउने उचित हुने ठहर ग¥यो ।
सभाले राजात्रिभुवन राज्यच्युत गरिएको घोषणा ग¥यो र
राजगद्दि खालि राख्न नहुने भन्दै माहिला नाति ज्ञानेन्द्रलाई सिंहदरबारबाट बग्गीमा राखि हनुमान ढोकामा ल्याई श्रीपेच पहिराईयो । राज्यभिषेक पनि
गरियो श्रीपेचको आकार ठुलो भएकाले राजा बनाईएका चार बर्षे ज्ञानेन्द्र शाहको नाकमुख ढाकियो । ईतिहासकार ज्ञान्मनि
नेपालले भन्नुभयो । तुरुन्तै मलमलको
कपडा को टुक्रा खोजेर
ल्याईयो र श्रीपेचमा घुसारियो
। त्यो दृश्य अझै सम्झना छ ।
तत्कालिन
नायब बडागुरु ज्यू हेमराज शर्माले सोहिदिन लेख्नुभएको दैनिकमा यस्तो लेख्नुभएको छ , सेतो किनखापको पोसाकमा चारघोडे टप भएको इन्द्रजात्रामा
घुमिबक्सने बग्गीमा चढेर श्री ५ लाई साथमा
दिई श्री३ महाराज नासलचोकमा सवारी भयो । २ः४५ मा
गद्दिमा श्री ३ बाट राज
गराई बक्स्यो । सानो बालकलाई
श्रीपेचले थिच्ला भनि मैले समातिरहेको थिएँ ।यस उत्सवको विवरण भोलि गोरखापत्रमा छापिने भएको छ । इतिहासका
पानाहरुमा श्रीपेच बडागुरुज्यू हेमराजले पहिराईदिएको लेखिएको छ । इतिहासकार
प्रकाश ए राजले भन्नुभयो
, मैले हजुरबुवा (हेमराज ) लाई श्रीपेच पहिराईएको मा हजुरको नामा
इतिहासमा रह्योनि भनेको थिए तर उहाँले मैले
श्रीपेच पहिराएको थिएन , दाजु हेरम्बराज (बडा गुरु ज्यू ) ले पहिराउनु भएको
हो । श्रीपेच ठुलो
भएर हलिएपछि मैले समाति दिएको थिए । त्यतिबेला फोटो
खिचिएकाले मानिसमा भ्रम पर्न गएको भनि मलाई बताउनु भएको थियो । ज्ञानेन्द्र शाह
लाई पहिराएको श्रीपेच कसैले त्रिभुवनकै र कसैले कुनै
राणाकै हो भनि भनेका
कन् ।
रत्नराणा
सँग बिहे गर्ने कुराले त्रिभुवन र महेन्द्र बिच
पछिल्लो कालमा सम्बन्ध राम्रो थिएन । दरबारका केहि
व्वक्तिले त्रिभुवन लाई उस्काएर बसुनधारालाई नै राजा बनाउनु
पर्ने दवाव दिदै आएका थिए । महेन्द्रले युवराज
पदबाट राजिनामा पनि दिईसक्नु भएको थियो । बिहे पछि
महेन्द्र मञ्जिल रत्नका पिता हरिशमशेरले निर्मान गरिदिनु भएको थियो । त्यस खटपटले
महेन्द्र निकै आर्थिक संकटमा पर्नु भएको थियो । ज्युरिच उपचार
गराउन जादा राजा त्रिभुवनले आफ्नो श्रीपेच कुनै एक विश्वास पात्र
लाई जिम्मा दिएको कुरा राजदरबारमा लामो समय सेवा गरेका पुर्व कर्मचारी हरु बताउछन् ।
२०११
चैत १ गते महेन्द्रले
राज्यारोहन गर्नु भयो । त्रिभुवनले राज्यारोहण
गर्नु भयो । त्रिभुवनको श्रीपेच
फेला नपरेपछि उहाले युवराज छँदा प्रयोग गरेकै श्रीपेच लगाएर राज्यारोन गर्नुपरेको दरबारियाहरु सुनाउछन् । महेन्द्रले महाराजधिराजबाहेकले
श्रीपेच लगाउनु पर्ने व्यवस्था गर्नुभयो । त्यसैले युवराज
छँदा वीरेन्द्रको श्रीपेच बनेन । दरबारका पूर्वकर्मचारी
(उपसचिव) जयराम मर्हजनले महेन्द्रले परानै श्रीपेचमा नवरत्न थपथाप गरी राज्याभिषेकमा कामचलाएको कुरा दरबारका पुराना कर्मचारीहरुले सुनाउने गरेको बताउनुभयो । पहिलो संसद्को
पहिलो अधिवेशनमा शाही सम्वोधन गर्न महेन्द्र श्रीपेच पहिरिएर बग्गीमा सवार भई सिंहदरबार पुग्नुभएको
थियो । २०१२ साल
पछि जागिरेहरुको चाँद सरकारले फिर्ता लियो ।
देवशमशेरका
सन्तान हिमालयसमशेरले राणाजी हरु कसैले पनि श्रीपेचको चाँद सरकारलाई फिर्ता नगरेको बताउदै भन्नुभयो , प्रायः सबैले श्रीपेच बिक्रि गरिसकेको हनुपर्छ । चन्द्रशमशेरका सन्तान
सागरशमशेरले थप्नुभयो , असुरक्षाको स्थितिमा श्रीपेच जोगाएर राखेका छौ भनेर राणाजीहरु
कसैले पनि भन्न चाँहदैनन् । देवशमशेर,रुद्रशमशेरलगायत
राजधानिबाट धपाईएकासँग त्यसैबखत श्रीपेच खोसिएको थियो । इतिहासकार पुरुषोत्तमशमशेरले
आफुसँग हुमाउ कल्की सुरक्षीत रहेको बताउनुभयो ।
बिरेन्द्रले
२०२८ माघ १७ गते महेन्द्रको
श्रीपेच वीरेन्द्रको टाउकोमा अटाउन समस्या भयो । त्रिभुवनको टाउकाको
आकार पौने २१ ईन्च थियो
। महेन्द्रको २१ ईन्च र
विरेन्द्रको सवा २२ ईन्च थियो
। वीरेन्द्रको टाउकाको आकार ठुलो भएकाले राज्यारोहनमा श्रीपेच कसिएकाले राज्याभिषेकका बखत नयाँ श्रीपेच बनाईएको थियो, वीरेन्द्रको श्रीपेच बनाउनुभएका प्रेमलाल श्रेष्ठले बताउनु भयो ।
पञ्चातकालमै
नेताहरुले श्रीपेच अब सङ्ग्रालयमा राख्नुपर्छ
भन्ने आक्रोश पनि पोखे । २०४८ सालको
आम निर्वाचनमा नेकपा एमालेका तत्कालिन महासचिव मदन भन्डारीले चाबहिलको आमसभामा ,माहाराज आँखा नचमक्याईबक्सियोस , हात नलम्काईबक्सियोस । यदि राजनिती
गर्ने नै भए श्रीपेच
खोलेर मैदानमा आईबक्सियोयस । तँपाई सँग
प्रतिसप्रधा गर्ने यो मदन भन्डारी
तयार छ , भन्नु भयो ।
वीरेन्द्रले
राज्यारोहन , राज्याभिषेख र छोरी श्रुतीको
विहेमा मात्र श्रीपेच लगाएको बताउदै दरबारका पुर्व सचिव शम्भुप्रसाद अधिकारीले भन्नुभयो, अरुबेला ढुकुटि विभागमा विशेषखाले बक्सामा श्रीपेच राखिन्थ्यो । ढुकुटिका हाकिम
, पदाधिकारी र साक्षीसहित मुचुल्का
गरी श्रीपेचलाई बाकसमा सीलबन्दी गरिन्थ्यो ।
नारायणहिटि
पर्व पछि २०५८ जेठ २२ गते ज्ञानेन्द्र
शाह पुनः देशको राजा घोषित भई हनुमान ढोका
स्थित नासलचोकमा दोश्रो पटक श्रीपेच धारण गर्न पाउनु भयो । २०५८ सालमा
हेमराजका पुत्र केशरीराजले श्रीपेच लगाईदिनु भयो । समयसगै शासन
व्यवस्थाले कोल्टो फे¥यो ।
२०६५ जेठ २९ गते अन्तिम
राजा ज्ञानेन्द्रशाहले राष्ट्रका नाममा संवोधन गर्नुभयो । परमपरागत रुपमा
शाह वंशिय राजाहरुबाट प्रयोग भई शाह वंशको
विरासतका रुपमा रहेको श्रीपेच र राजदन्ड चिरकालपर्यन्त
सुरक्षीत रुपमा राख्नेगरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मारहने गरी मैले हस्तान्तरण गरेको छु । ज्ञानेन्द्र
शाहले राज्यारोहन बाहेक छोरी प्रेरणाको विहेमा त्यो श्रीपेच पहिरीनुभएको थियो ।
अहिले
नारायणहिटी दरबारको सैलुन कक्षमा त्यो श्रीपेच बन्द छ । हुमाउ
कल्कीमा किरानलागोस र नकुहियोस भनेर
पछिल्लो पटक २०७१ असोज २० गते ,ट्रिटमेन्ट
, गरिएको थियो । श्रीपेच राख्न
भनि ल्याईएको बुलेट प्रुफ सिसालाई कालिबहादुर गणले परिक्षण स्वरुप १६ फिट टाडाबाट
गोलि हान्दा प्वाल नपरि सामान्य चर्कियो र त्यसलाई उपयुक्त
ठहा¥याईयो । त्यसै सिसाबाट
तयार गरिएको रित्तो सोकेस नारायणहिटी दरवार संङ्ग्रालयको सुर्खेत कक्षमा चार वर्ष अघि राखिसकिएको छ । श्रीपेच
सुरक्षाकालागी ८ टनको हथौडाले
हान्दा पनि नफुट्ने ढोका बनाईएको छ भने धुवाँ
देखिनसाथ साईरन बज्ने प्रविधी पनि जडान भईसकेको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र बलका साथै राष्ट्रिय अनुसन्धान विभागलाई पनि राख्नुपर्छ भन्नेकुरा उठेपछि श्रीपेच प्रदर्शनीमा राख्ने योजना अलपत्र बन्यो । राष्ट्रिय अनुसन्धान विभागलाई बस्नका लागि स्थान नभए पछि योजना अगडि बढनै सकेन । दरबार संङ्ग्रालयका प्रमुख रोहित ढुङ्गानाले भन्नुभयो, हामी श्रीपेच प्रदर्शनीमा राख्न तयार छौ तर सम्बन्धित निकाएले चासो देखाईदिनुप¥यो ।
Comments