Skip to main content

Posts

थन्कियको श्रीपेच

सिंहासन खाली राख्न नहुुने परम्परा अनुसार तत्कालीन गोरखाली राजा नरभुपाल शाहा को निधन भयको दीन पृथबिनारायण शाहा ले गद्दी आरोहन गर्नुभयो ।   तेस्बखत उहले पहिरिनुभयको मुकुट को स्वोरुप ठ्याक्कै   हाल्को जस्तो थीयन । चाँदतोडा अर्थात पगडीमा चाँद जाडिएको हुन्थ्यो । चाँदमाथि पक्षिको प्वाखँ ( फुर्का ) हालिन्थ्यो । मुगल सम्राठका जस्तो फेटामा फुर्के कल्की लगाई देवता सामुन्ने नमस्ते गरेर बसेका काठमाडौं उपत्यकाका राजाहरुको मूर्ति अहिले पनि छन । कुनै चित्रकारले फुर्का र कुनैले हुमाउ कल्की जोडिएको चाँदतोडा पहिरिएका पृथ्वीनारायणको चित्र बनाएका पनि छन । पृथ्वीनारायणले नै मुकुटमा हुमाउ चरो ( बर्ड अफ प्याराडाईज ) सहितको कल्की प्रयोग गर्न सुरु गरेको दाबी गरिएको पनि छ । उबेला राजा र युवराजले मात्र श्रीपेच लाउन पाउने चलन थियो तर दुवैको फरक थियो । मुख्यिार अर्थात प्रधानमन्त्रीले टोपि लगाउने चलन थियो । हुनत मुख्तियारले पनि फुर्का वा हुमाउ कल्की सहितको चाँदतोडा लगाएका कल्पना...