डडेलधुराकी पवित्रा साकी अहिले मिस पविको रुपमा चर्चित छिन् । सानैदेखि नाचगानमा रुचि राख्ने उनको मोडल बनिहाल्ने सपना थिएन तर टिकटकले उनलाई कलाकारिताको बाटो देखाइदियो । मीठो मुस्कानकी धनी मिस पवि ‘ इनोसेन्ट ’ र आत्मविश्वासी लाग्छिन् । झण्डै डेढ दर्जन म्युजिक भिडियोमा आफ्नो सुन्दरता र अभिनय कौशल प्रदर्शन गरिसकेकी उनी अब कलाकारिताकै बाटोमा यात्रा गरिरहन चाहन्छिन् । उनको अबको सपना फिल्ममा अभिनय गर्नेछ । टिकटकमा डोटेली भाषा बोलेको भिडियोमार्फत चर्चा आएकी मिस पविको राजनीतिक सुझबुझ पनि निकै राम्रो हुन्छ । नयाँपुस्ताका राजनीतिज्ञले देशमा केही परिवर्तन ल्याउँछन् कि भन्ने उनको आशा छ । यस्तै , मिस पविले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् । एक युट्युब अन्तर्वार्तामा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन् । कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ छ । ‘ म उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न । जुन कुरा भएको...
हजुरको सम्पूर्ण जिज्ञासाको जवाफ दिने प्रयरत्न गर्ने छु । धन्यवाद । सम्पादक ।