Skip to main content

ASAR 15 Interesting Facts

असार १५ यानि किसानको तिहारसाथै दहि च्यिुरा खाने दिन 

    नेपालले वि.सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खान पछि पर्दैनन् दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत ¥हामा लाठे रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन्


    

     असार १५ सम्म लाठे बाउसेहरूलाई आली जोर्ने मेलो बनाउन चटारो भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्त्व सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ

    देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान पाक्ने सम्भावना कम हुनाले पनि रोपाईंमा व्यस्त हुनुपरेको हो साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र महत्त्वको हुन्छ लासलाई एकछिन घुमले छोपेर भएपनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्त्व दर्शाउँछ

    धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउ भने ग्रामिण भेकमा किसानहरूले आफ्नै तवरले मनाउ छन् असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन

    रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा अचारको खाजा खाने गरिन्छ। नेपाली समाजमा पूर्वीय परिकार दही चिउरा असारमा साउनमा खीर भन्ने गरिन्छ असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले नेपाली समाजमा आजदेखि दिन छोटा रात लामा हुने हुँदा हिउँदको शुरुवात भयो भन्ने गरिन्छ

    राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउदछन् यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरी यो दिवस मनाउने गर्दछन् खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो

    यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरूको भनाई

पौराणिक कथन्

कपिलवस्तु जिल्लाको ऐतिहासिक ठाउँ तिलौराकोट राज्यमा राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएको किम्वदन्ती छ 



Santosh Adhikari 


Comments

Anonymous said…
Thanks for information 😊

Popular posts from this blog

जनताको चाहना : रवि लामिछानेलाई कार्यकारी प्रमुख

रवि लामिछानेलाई कार्यकारी प्रमुख ( जस्तै प्रधानमन्त्री ) को रूपमा हेर्ने जनताको चाहना बारेमा प्रत्यक्ष जनमत सर्वेक्षण उपलब्ध नभए पनि , हालसम्मका राजनीतिक घटनाक्रम र निर्वाचन परिणामहरूले केही संकेतहरू दिएका छन् । २०८० सालको उपनिर्वाचनमा रवि लामिछानेले चितवन – २ क्षेत्रबाट दुई तिहाइभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका थिए । त्यस्तै , राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का अर्का उम्मेदवार स्वर्णिम वाग्लेले तनहुँ – १ बाट कुल खसेको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरे । यी परिणामहरूले जनतामा परम्परागत दलहरूबाट असन्तुष्टि र नयाँ विकल्पप्रति आकर्षण देखिन्छ । रास्वपाको उदय र लामिछानेको लोकप्रियता जनताले वैकल्पिक नेतृत्व खोजिरहेको संकेत हो । तर , पार्टीको स्थिरता र दीर्घकालीन योजनाबारे जनतामा शंका पनि देखिन्छ । यसले जनताको समर्थन त छ , तर त्यो लामो समय टिक्ने हो कि होइन भन्ने प्रश्न उठाउँछ । रवि लामिछाने र रास्वपाले जनताको उल्लेखनीय समर्थन प्राप्त गरेका छन् , विशेषतः ...

चबुना_मवनेमा जनम जनमको : सांगीतिक क्षेत्रमा अमिट छाप चार वर्षको सफल यात्रा

       काठमाडौं /  चार वर्षअघिको आजकै दिन , नेपाली सांगीतिक जगतले एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।           नेवारी गीत " चबुना मवनेमा जनम जनम.. " को म्युजिक भिडियो सार्वजनिक भएको दिन , जसले नेपाली सांगीतिक इतिहासमा नयाँ अध्याय थप्यो । मध्यान्तर न्यूज डट कमका वरिष्ठ संवाददाता तथा ख्यातिप्राप्त निर्देशक प्रसन्न शाक्यको निर्देशनमा बनेको यो गीत न केवल नेवारी समुदायको सांस्कृतिक पहिचानको प्रतिक बन्यो , बरु सम्पूर्ण नेपाली संगीतप्रेमीहरूको मन जित्न सफल भयो । " चबुना मवनेमा " ले गीतको मार्फत गहिरो सांस्कृतिक भावनाहरूलाई प्रस्तुत गर्दै नेपाली कला र संगीतको उचाइ बढाएको छ । गीतको शब्द प्रसिद्ध लोकगायक रत्न बेहोशीद्वारा रचित छ । उहाँका छोरा आनन्द बेहोशीको स्वर र चेतन बेहोशीको संगीतले यसलाई अझ सशक्त बनाएको छ । साथै , वरिष्ठ गायिका तिर्थ कुमारी ज्यू को स्वरले गीतमा अर्को जीवन थपेको छ ।   प्रसन्न शाक्यको निर्देशनले यो गीतलाई केवल...

नेपालको राजनीतिमा गठबन्धन र धोकाको खेल : रास्वपाले विशेष रणनीति अप्नाउन जरुरी

सन्तोष अधिकारी  नेपालको राजनीति गठबन्धनको आधारमा चल्ने परम्परागत अभ्यास हो । यहाँका दलहरूले सत्ता प्राप्त गर्न, सरकार गठन गर्न वा निर्वाचनमा जित हासिल गर्न गठबन्धनलाई प्रमुख रणनीतिका रूपमा प्रयोग गर्छन् । तर, यी गठबन्धनहरू प्रायः सिद्धान्त र जनहितभन्दा सत्ता र स्वार्थमा केन्द्रित हुन्छन्, जसले नेपालको राजनीतिमा धोकाको संस्कृति स्थापित गरेको छ । नेपालको बहुदलीय प्रणालीमा कुनै एक दलले स्पष्ट बहुमत ल्याउन कठिन छ । २००७ सालको प्रजातन्त्र स्थापनादेखि नै दलहरूले साझेदारी र गठबन्धनमार्फत सत्ता सञ्चालन गर्दै आएका छन् । उदाहरणका लागि, २०७९ को आम निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), र अन्य साना दलहरूले गठबन्धन बनाएर सिट बाँडफाँट गरे, जसले सरकार गठनमा महत्वपूर्ण भूमिका खेल्यो । यस्ता गठबन्धनले साना दलहरूलाई पनि संसदमा प्रतिनिधित्वको अवसर दिन्छ र राजनीतिक स्थायित्वको सम्भावना बढाउँछ । नेपालको इतिहासमा गठबन्धनहरू धेरैजसो अवसरवादी र अस्थिर भएका छन् । दलहरूले साझा विचारधारा वा जनताको हितभन्दा सत्ताको हिस्सेदारीलाई प्राथमिकता दिँदा गठबन्धन धोकाको पर्याय बनेको छ । उदाहरणका लागि,...