२०८० सालको उपनिर्वाचनमा रवि लामिछानेले चितवन–२ क्षेत्रबाट दुई
तिहाइभन्दा बढी मत प्राप्त गर्दै
विजयी भएका थिए । त्यस्तै, राष्ट्रिय
स्वतन्त्र पार्टी (रास्वपा) का अर्का उम्मेदवार
स्वर्णिम वाग्लेले तनहुँ–१ बाट कुल
खसेको ५० प्रतिशतभन्दा बढी
मत प्राप्त गरे । यी परिणामहरूले
जनतामा परम्परागत दलहरूबाट असन्तुष्टि र नयाँ विकल्पप्रति
आकर्षण देखिन्छ ।
रास्वपाको उदय र लामिछानेको लोकप्रियता
जनताले वैकल्पिक नेतृत्व खोजिरहेको संकेत हो । तर,
पार्टीको स्थिरता र दीर्घकालीन योजनाबारे
जनतामा शंका पनि देखिन्छ । यसले जनताको
समर्थन त छ, तर
त्यो लामो समय टिक्ने हो कि होइन
भन्ने प्रश्न उठाउँछ ।
रवि लामिछाने र रास्वपाले जनताको
उल्लेखनीय समर्थन प्राप्त गरेका छन् , विशेषतः परम्परागत दलहरूबाट असन्तुष्ट जनताबीच । तर, लामिछानेलाई
कार्यकारी प्रमुखको रूपमा हेर्ने चाहना सबै जनतामा समान छैन । पार्टीको स्थिरता,
दीर्घकालीन योजना, र नेतृत्व क्षमतामा
जनताको विश्वास कायम राख्न सक्ने हो भने मात्र
यस्तो सम्भावना बलियो बन्न सक्छ ।
पुराना दलहरूप्रति जनतामा बढ्दो असन्तुष्टिका केही मुख्य कारणहरू छन् जसले नेपाली राजनीति हालको परिवेशमा ती दलहरूको वैधता
र कार्यक्षमताप्रतिको विश्वासलाई कमजोर बनाइरहेको छ ।
पुराना दलहरूले चुनावी वाचा पूरा गर्न र दीर्घकालीन विकासका
परियोजनाहरू लागू गर्नमा अपेक्षित प्रगतिशीलता देखाउन सकेका छैनन् ।
आर्थिक, सामाजिक र पूर्वाधारका मुद्दाहरूमा
सुधार ल्याउन नसक्दा जनतालाई आफ्नो दैनिक जीवनका संघर्षहरू पूरा हुन बाँकी रहन्छन । भ्रष्टाचार र
विलासी जीवनशैलीका आरोपहरूले जनविश्वासमा गहिरो घाउ पारेका छन् ।
पुराना दलहरूको नेतृत्वमा पुरानो सोच र आन्तरिक झगडाले
काम गर्ने तरिका परिवर्तन गर्न नसक्नु पनि एक कारण हो
। अभ्यस्त र धारणागत नेतृत्वले
नयाँ चुनौतीहरू सामना गर्न असफल भएकाले दल भित्र निर्णय
प्रक्रिया ढिलो र अव्यवस्थित हुन्छ
। आन्तरिक विभाजन र सत्ता भिडन्तले
संगठनात्मक एकता र जवाफदेहिता कायम
राख्न कठिनाइ र्पुयाउँछ ।
हालको युवा र शहरी वर्गले
आधुनिक, पारदर्शी र जवाफदेहिको अपेक्षा
राखेका छन् जुन पुराना दलहरूले पूरा गर्न सकेका छैनन् । डिजिटल युग
र सामाजिक सञ्जालमार्फत जनताको सूचना पहुँच बढेसँगै युवाहरू र मध्यम वर्गका
मतदाता ती दलका पुराना
सिद्धान्त र कार्यशैलीबाट असन्तुष्ट
भएका छन । नयाँ
विचार र वैकल्पिक राजनीतिक
दलहरूको उदयले परम्परागत दलहरूप्रति जनताको आकर्षण घटाएको छ ।
पुराना दलहरूको इतिहासमा विभिन्न भ्रष्टाचारका मुद्दाहरू, नीति परिवर्तनको अभाव र असफल प्रशासनिक
अभ्यासहरूको कारणले जनतामा ती दलप्रतिको वितृष्णा
बढेको छ । जनताले
निर्वाचनको माध्यमबाट देखेका असफलताहरूले सुधार र जवाफदेहिता अपेक्षा
गर्न थालेका छन ।
नयाँ दलहरू र स्वतन्त्र उम्मेदवारहरूले
पारदर्शिता, जवाफदेहिता र जनजनसमक्षको सीधा
संवादमा जोड दिएका छन । पुराना
दलहरूले पुरानो संरचना र पद्धतिमा अडिग
रहँदा नयाँ दलहरूले युवाहरू र विकेन्द्रीकृत मतदाताको
समर्थन जितेका छन । जनताको
बदलिँदो सोच र विश्वसनीय नेतृत्वप्रतिको
खोजका कारण वैकल्पिक विकल्पहरूको उदयले पुराना दलहरूको सापेक्षिक प्रभावकारिता घटाएको छ ।
त्यसैले, पुराना दलहरूमा नेतृत्वका कमजोरपन, नीति र कार्यक्रमहरूको असफलता, भ्रष्टाचार तथा आन्तरिक विभाजनका कारण जनताको अपेक्षा र आधुनिक समाजका मूल्यहरू पूरा हुन नसक्दा ती दलहरूप्रति असन्तुष्टि बढ्दै गएको देखिन्छ ।
यो असन्तुष्टि
राजनीतिक परिवर्तनका लागि नयाँ विकल्प र वैकल्पिक दलहरूको
उदयलाई पनि उत्प्रेरित गरेको छ, जसले आगामी
निर्वाचनहरूमा परिमाणात्मक र गुणात्मक परिवर्तन
ल्याउन सक्छ । यस दृष्टिकोणमा
नेपाली राजनीतिक विश्लेषक र समाजका विभाजनका
पक्षहरूका बिच उल्लेखनीय बहस जारी छ जसले पुराना
दलहरूको जागरण र सुधारका लागि
दबाब सिर्जना गरेको छ । आम
जनमानसमा हाल रवि लामिछाने जस्ता जुझारु नेतालई एक मौका दिएर
राज्य सञ्चालन हेर्नुपर्ने चर्चा चल्न थालेको छ ।
Comments