जंगवहादुर राणा सम्वन्धि केहि रोचक तथ्य
श्री–३ को उपाधि पाएका जगंवहादुर राणा बहु प्रतिभावान व्यक्ति थिए । उनले नेपालको ईतिहाँसमा प्रभुत्व जमाएको देखिन्छ । नेपालको प्रधानमन्त्री भई कानुन निर्माणको पहिलो खुटकिलो पार गर्ने महापुरुष उनि नै थिए । जस्ले मुलुकि ऐन १९१० स्थापना गरेका थिए । राणावंशिहरुमा सबै भन्दा बढि तानाशाहि मानिएता पनि उनले नेपालको निर्माणमा सकारात्मक कदम चालेका थिए । उनका बारेमा ईतिहाँसमा उल्लेख भएका केहि सकारात्मक तथा रोचक तथ्यहरुलाई यसरी हेर्न सकिन्छ ।
युवराज सुरेन्द्रको अंगरक्षक : युवराज सुरेन्द्र सन्की स्वभावका थिए । त्यही भएर उनको अङरक्षक रहदा उनले साहसिक र खतरनाक आदेश हरु पालना गर्नु पर्यो । उनले त्रिसुलि नदिमा घोडा सहित कुद्ने, धरहराबाट हाम फाल्ने, बाह्र बर्षे इनारमा हामफाल्ने जस्ता आदेश मान्नु परेको थियो ।
वेलायतकी रानि भिक्टोरिया संगको भेट : १९ तोपको सलामी पाउने पक्कापक्की गरेर बेलायत हिँडेका उनी केही माग्न होइन, दिन र देखाउन गएका थिए । ‘जंगबहादुर उडेको चरा खसाल्थे’ भन्ने किस्सा त्यतिबेलाकै हो । जहाजको डेकमा उभिएर बन्दुक चलाउँदा अंग्रेजहरूले उडिरहेका समुन्द्री चरा खसाल्न नसक्ने रे, तर जंगको कुनै निशाना नचुक्ने रे । शीरदेखि पाउसम्म हिरा, जवाहरत, मणिमाणिक्यले झकिझकाउ भएर गएका उनले महारानी भिक्टोरियालाई दिन भारीका भारी उपहार लगेका थिए । उनको सम्मानमा महारानीले आयोजना गरेको पार्टीमा महारानी नाचिछिन् ।
जंगबहादुर मुन्टो हल्लाउँदै ताली बजाएर बसेको देखेर महारानीले ‘तिमी अंग्रेजी बुझ्दैनौं, र पनि मजा मानिरहेका छौं नि भनेर सोध्दा जंगले फ्याट्टै भनेछन्, ‘चराको भाषा कसले बुझ्छ र ! र पनि, त्यसले सबैलाई मोहित बनाउँछ । त्यस्तै हो संगीत पनि । अर्को प्रसँगमा महारानीले जंगबहादुरलाई भनिछिन्, ‘मैले एउटा छक्क पर्ने कुरा सुनेँ, तिम्रो देशमा त मान्छेले मान्छेलाई बोकेर लैजान्छन अरे । मान्छेका पिठ्युँमा बोकिएर मान्छे हिंड्नु भनेको त ठीक कुरा भएन । मेरो रेलवे कम्पनीहरु छन् । म नेपाल पठाइदिन सक्छु ।’
जंगबहादुरले नेपालमा धेरै पहाड–पखेरा भएकोले रेल उपयुक्त नहुने बताएपछि भिक्टोरियाले आफुले दिएको तराई पनि छ भन्ने सम्झाइन् रे । तर, जंगले कहिल्यै रेलमा रुचि देखाएको देखिँदैन ।
बेलायतपछि फ्रान्स आएका जंगबहादुर रासलीलामा रुचि राख्छन् भन्ने थाहा पाएर दलालहरूले वेश्यालय लगेछन् । वेश्यागमन पछि उनले प्रायश्चितका उपायहरु सोधेर विजयराज पण्डितलाई पत्र लेखेको प्रमाण छ ।
जंगबहादुरले वेलायतमा पनि रवाफ देखाउन त्यो समयको सबभन्दा महंगो ‘कलगर्ल’ लाउरा बेललाई अढाई लाख रुपैयाँ दिएका थिए रे । उनले नगद होइन, त्यति मूल्यका हिरा लगायतका सामग्री दिएको हुनुपर्छ ।
कमलमणि दीक्षितले झकिझकाउ भएर वेलायत गएका जंगबहादुर फुस्रा भएर फर्किएको भनेर लेखेका छन् । हुन पनि, फर्किदा फ्रान्समा बाजुहरू समेत सकिएका थिए रे । खल्ती छामछुम गर्दा केही नभेटिएपछि उनले घाँटीमा बाँकी रहेको माला फुकालेर बाँडेका थिए रे ।
जंगबहादुर वेलायतमा रहँदा पनि अनेक किस्सा छन् । एक दिन उनी महारानीसंग बग्गीमा कतै जाँदै रहेछन् । अचानक फुटपाथको भीडबाट एक व्यक्ति फुत्त उफ्रेर आएर महारानीलाई थप्पड हानेर भागेछ । जंगबहादुर फुत्त तरबार कैँचेर त्यसको पछि लाग्न खोज्दा महारानीले ‘यहाँ त्यसरी मान्छ मार्न हुँदैन, प्रहरी छ, पक्राउ गरिहाल्छ’ भनेर रोकिछन् ।
त्यसपछि कोही बेलायती ठूलो मान्छेसँग भेट भयो कि जंगले महारानीलाई थप्पड हान्नेलाई के कारवाही भयो भनेर सोध्थे रे । पछि त्यस व्यक्तिलाई दुई महिना कैद सजाय भयो भनेको सुन्दा जंगबहादुर छक्क परेछन् । त्यही घटनाबाट जंगबहादुरमा ऐन बनाउनु पर्छ भन्ने सोच आयो भन्नेहरू पनि छन् ।
मुलुकी ऐन १९१० : मुलुकी ऐन नेपालको सबैभन्दा पहिलो लिखित कानुन हो। मुलुकी ऐन नेपालको संहिताबद्द राष्ट्रिय कानुन हो। पहिलो पटक बिक्रम सम्बत १९१० मा मुलुकी ऐन जारि गारिएको थियो । जंगबहादुर राणाले बेलायात यात्राबाट फर्के लगत्तै यो ऐन बनाएका थिए ।
मृत्यू : वि.सं. १९३३ मा पत्थरघट्टामा यिनको मृत्यु भयो। उनी संग उनका तीन रानी सति गए ।
जंगवहादुर राणाका अन्य सकरात्मक पक्षहरु र उनको साहित्यमा रुचिको बारेमा अर्को अंश छिटै तयार गर्ने छु कृपया शेयर गरेर हौसला प्रदान गर्नुहुने छ भन्ने आशा राखेको छु ।
धन्यवाद
✍️सन्तोष अधिकारी
Comments