Skip to main content

उम्रदैछन आशाका किरण : हामि नेपाली सबैलाई बधाई हो !

 उम्रदैछन आशाका किरण : हामि नेपाली सबैलाई बधाई हो  !

काठमाडौं / हालै सम्मपन्न निर्वाचन पश्चात मूलुकले नया मन्त्रीमण्डल पाएको छ । सबै नया अनुहारहरु संसद्या देख्न पाईने भएको छ । अबको दिन सूर्यको किरण संगै हरेक दिन नयाँ लाली लिएर आउने हामी जनताले आशाको सानो छेस्को भने गुमाएका छैनौ । के हामीले साचिँकै यी नेताहरुबाट केहि अपेक्षा गर्नु ठिक होला त ?

पुष्प कमल दाहाल : प्रधानमन्त्री

    प्रचण्डले नेतृत्व गरेको सशस्त्र सङ्घर्षमा कैयौँ निर्दोष नागरिकहरू मारिएको, बेपत्ता भएको र विस्थापित बनाएको आरोप स्वंयम आफैले स्विकार गर्दा पनि कुनै पनि सरकारले केहि कारवाहि समेत गर्न नसकेका व्यक्ति आफै प्रधानमन्त्री हुदा यस विषयमा बोल्ने कुरै भएन ।

विष्णु प्रसाद पौडेल : उपप्र्रधान तथा अर्थ मन्त्री

    विष्णु पौडेलले ०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएपछि संसद सचिवालयमा बुझाएको सम्पत्ति विवरणमा बालुवाटारमा छोरा नविनको नाममा ८ आना जग्गा रहेको खुलाएका थिए । त्यसपछि ०६५ मा जलस्रोत मन्त्री, ०६७ मा रक्षामन्त्री र ०७२ मा अर्थमन्त्री हुँदा पनि पौडेलले बालुवाटारको ८ आना जग्गा खुलाएका छन् ।

    यसरी सरकारले किनबेच रोक्का गरेको बालुवाटारको ११३ रोपनी जग्गामध्ये ८ आना जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलको नाममा देखिएपछि यसले राष्ट्रिय चर्चा पाएको छ । अर्थमन्त्रालय निकै मिठो तरिकाले सम्हाल्न सक्ने क्षमता भएका पौडेल ललिता निवास काण्डमा मुछिएर आगामि दिनमा कसरी प्रस्तुत हुन्छन हेर्न बाँकि छ । पौडेल दोषी हुन् कि निर्दोष भन्ने  कुरा अब कस्ले फैसला गरिदेला त, बहस चलिरहेको छ ।

रवि लामिछाने : उपप्रधान तथा गृहमन्त्री

    सबैलाई सञ्चारमाध्यबाट यो ठिक भएन त्यो ठिक भएन, राज्यमा यति धेरै मन्त्रालय किन आवशेक प¥यो भनेर खबरदारी गर्ने मान्छे आफै राजनीतिमा होमियर उच्चपदमा स्थापित भएपश्चात ४–४ जना उपप्रधान तथा ३ –३ जना राज्यमन्त्री राखेर राष्ट्रको ढुकुटी सक्ने खेल खेल्दा पनि चुइँक्क नबोल्दा कता कता भ्रष्ट पनको अमिलो गन्द पो आउन थालेको होकी ? जनतामा जिज्ञासा उठ्न थालेको छ ।

राजेन्द्र लिङ्गदेन : उपप्रधान, उर्जा जलस्रोत तथा सिँचाई मन्त्री

    नेपाली संस्कृति र हिन्दु राष्ट्रलाई विश्वव्यापि रुपमा चिनाउन खोजेका राजेन्द्रले हाल उपप्रधान, उर्जा जलस्रोत तथा सिँचाई मन्त्री बन्न हतार गरेको जस्तो देखियो । यदि साँचिकै देश र जनताप्रति आफ्नो प्रतिबद्धता पूरा गर्न लाई संस्कृति तथा पर्यटन मन्त्रालय किन नरोजेको होलान ? साधारण जनताको आँखाले हेर्ने हो भने लिङ्गदेनलाई जुन भएपनि मन्त्रालय चाहिएको जस्तो देखिनु स्वभाविक नै हो । 

    पदभारपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले आफू काम गर्ने नियतसहित ऊर्जामा आएको बताउदै भनेका थिए  ‘म यस क्षेत्रको विज्ञ होइन तपाईं (कर्मचारी) हरू नै यसको विज्ञ हुनुहुन्छ यद्यपि, म यसको मर्म तथा गहिराइ भने बुझ्छु सिकाएमा सिक्छु पनि ।” अब आफैले यति भनिसके पछि जनताले चिन्नलाइ आईतबार पक्कैपनि कुर्ने छैन्न् ।

रेखा शर्मा : सञ्चार तथा सूचना प्रविधि मन्त्री

    २०७० बाट संसदीय यात्रा सुरु गरेकी शर्मा २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन् । हालै सम्पन्न निर्वाचनबाट आफ्नो र नेकपा माओवादी केन्द्रको विरासत जोगाउने पहिलो प्रत्यक्ष सांसद हुन । 

    २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म उनी सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा समेत थिइन् । उनी सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त भएकी छन् । तर उनलाई पनि यस क्षेत्रमा अध्ययनको कमि नै देखिन्छ । उनलाई आगामि दिनहरुमा सफलताको शुभकामना ।

विक्रम पाण्डे : शहरी विकास मन्त्री

    चितवन ३ बाट निर्वाचित पाण्डे भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा खेपिरहेका नेता हुन् । कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डेले भौतिक पूर्वाधार मन्त्रीमा दाबी गरेका थिए । तर सत्तागठबन्धनमा उनले शहरी विकास मन्त्रालय पाएका छन् । सहरी विकास मन्त्रालय पनि विकासे मन्त्रालय हो । पाण्डेको कालिका कन्स्ट्रक्सनले थुप्रै जिल्लामा सहरी विकास मन्त्रालयअन्तर्गतको विकासे योजना हात पारेको छ ।

    अब मन्त्री र ठेक्का दुवै एकै व्यक्ति हुने अवस्था आएको छ । उनीमाथि विभिन्न सडक आयोजना निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन पटक पटक भाषणमा भ्रष्टचार गर्नु आमाको रगत खानु सरह हो भनेर भनेपनि आफनू आसपासमा पाण्डे जस्ता महान व्यक्तित्व पनि रहेको हेक्का नहुनु सोचनिय नै छ ।

डोल प्रसाद अर्यालः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

    पूराना नेता सबैको पृष्ठभूमि खोतलदै जादा त्यति नराम्रो पनि छैन जति हालै पार्टी स्थापना गरेर आफ्नो कालो कर्तुत लुकाउन राजनितिमा प्रवेश गरेका व्यक्तिहरु छन् । ती मध्यका अर्का एक हुन डी.पी अर्याल । नव गठित मन्त्रीमण्डलमा प्रबेश पाएका उनी म्यानपावर एजेन्टको रुपमा चिनिन्छन् । उनलाई श्रम तथा रोजगार मन्त्री बनाएपछि चोरको हातमा चावि सुम्पीनु सरह भएको वौदिक सर्कलमा गाँई गुँई सुनिन थालेको छ ।

    यसरी विभिन्न पदमा लिप्त हुन पुगेका सत्तालिप्सामा टाँसियका व्यक्तिहरुबाट आमनागरिकले के आसा गर्नु ? हिन्दु राज्यको मांग गर्ने देखि धर्म निरपेक्षताको भाषण ठोक्ने सम्म एउमटै मञ्चमा नाटक गर्दै रमाउन थालेका छन् । जनताको सामान्य जीवनयापन सहज बनाउनुपर्ने कुरालाई छाडेर ठूला ठूला गफ जोत्नमा नेताहरु व्यस्त देखिन थालेका छन् ।

   समग्रमा भन्नु पर्दा नेपालले अझैपनि राम्रो नेतृत्व पाउन सकेको छैन । व्यक्तिगत स्वार्थ र सत्तालिप्सा भन्दा माथि कुनै पनि नेता आउन सकेका छैनन् । हालको राजनीतिक अवस्था र बृत्तचित्र हेर्दा नयाँ जोगिले धेरै खरानी घस्छ भन्ने उखान चरितार्थ भएको पाईन्छ । जनता र राष्ट्रको निम्ति कस्ले सोचने ? दुविदा कायमै छ ।


Comments

Popular posts from this blog

जनताको चाहना : रवि लामिछानेलाई कार्यकारी प्रमुख

रवि लामिछानेलाई कार्यकारी प्रमुख ( जस्तै प्रधानमन्त्री ) को रूपमा हेर्ने जनताको चाहना बारेमा प्रत्यक्ष जनमत सर्वेक्षण उपलब्ध नभए पनि , हालसम्मका राजनीतिक घटनाक्रम र निर्वाचन परिणामहरूले केही संकेतहरू दिएका छन् । २०८० सालको उपनिर्वाचनमा रवि लामिछानेले चितवन – २ क्षेत्रबाट दुई तिहाइभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका थिए । त्यस्तै , राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का अर्का उम्मेदवार स्वर्णिम वाग्लेले तनहुँ – १ बाट कुल खसेको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरे । यी परिणामहरूले जनतामा परम्परागत दलहरूबाट असन्तुष्टि र नयाँ विकल्पप्रति आकर्षण देखिन्छ । रास्वपाको उदय र लामिछानेको लोकप्रियता जनताले वैकल्पिक नेतृत्व खोजिरहेको संकेत हो । तर , पार्टीको स्थिरता र दीर्घकालीन योजनाबारे जनतामा शंका पनि देखिन्छ । यसले जनताको समर्थन त छ , तर त्यो लामो समय टिक्ने हो कि होइन भन्ने प्रश्न उठाउँछ । रवि लामिछाने र रास्वपाले जनताको उल्लेखनीय समर्थन प्राप्त गरेका छन् , विशेषतः ...

चबुना_मवनेमा जनम जनमको : सांगीतिक क्षेत्रमा अमिट छाप चार वर्षको सफल यात्रा

       काठमाडौं /  चार वर्षअघिको आजकै दिन , नेपाली सांगीतिक जगतले एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।           नेवारी गीत " चबुना मवनेमा जनम जनम.. " को म्युजिक भिडियो सार्वजनिक भएको दिन , जसले नेपाली सांगीतिक इतिहासमा नयाँ अध्याय थप्यो । मध्यान्तर न्यूज डट कमका वरिष्ठ संवाददाता तथा ख्यातिप्राप्त निर्देशक प्रसन्न शाक्यको निर्देशनमा बनेको यो गीत न केवल नेवारी समुदायको सांस्कृतिक पहिचानको प्रतिक बन्यो , बरु सम्पूर्ण नेपाली संगीतप्रेमीहरूको मन जित्न सफल भयो । " चबुना मवनेमा " ले गीतको मार्फत गहिरो सांस्कृतिक भावनाहरूलाई प्रस्तुत गर्दै नेपाली कला र संगीतको उचाइ बढाएको छ । गीतको शब्द प्रसिद्ध लोकगायक रत्न बेहोशीद्वारा रचित छ । उहाँका छोरा आनन्द बेहोशीको स्वर र चेतन बेहोशीको संगीतले यसलाई अझ सशक्त बनाएको छ । साथै , वरिष्ठ गायिका तिर्थ कुमारी ज्यू को स्वरले गीतमा अर्को जीवन थपेको छ ।   प्रसन्न शाक्यको निर्देशनले यो गीतलाई केवल...

नेपालको राजनीतिमा गठबन्धन र धोकाको खेल : रास्वपाले विशेष रणनीति अप्नाउन जरुरी

सन्तोष अधिकारी  नेपालको राजनीति गठबन्धनको आधारमा चल्ने परम्परागत अभ्यास हो । यहाँका दलहरूले सत्ता प्राप्त गर्न, सरकार गठन गर्न वा निर्वाचनमा जित हासिल गर्न गठबन्धनलाई प्रमुख रणनीतिका रूपमा प्रयोग गर्छन् । तर, यी गठबन्धनहरू प्रायः सिद्धान्त र जनहितभन्दा सत्ता र स्वार्थमा केन्द्रित हुन्छन्, जसले नेपालको राजनीतिमा धोकाको संस्कृति स्थापित गरेको छ । नेपालको बहुदलीय प्रणालीमा कुनै एक दलले स्पष्ट बहुमत ल्याउन कठिन छ । २००७ सालको प्रजातन्त्र स्थापनादेखि नै दलहरूले साझेदारी र गठबन्धनमार्फत सत्ता सञ्चालन गर्दै आएका छन् । उदाहरणका लागि, २०७९ को आम निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), र अन्य साना दलहरूले गठबन्धन बनाएर सिट बाँडफाँट गरे, जसले सरकार गठनमा महत्वपूर्ण भूमिका खेल्यो । यस्ता गठबन्धनले साना दलहरूलाई पनि संसदमा प्रतिनिधित्वको अवसर दिन्छ र राजनीतिक स्थायित्वको सम्भावना बढाउँछ । नेपालको इतिहासमा गठबन्धनहरू धेरैजसो अवसरवादी र अस्थिर भएका छन् । दलहरूले साझा विचारधारा वा जनताको हितभन्दा सत्ताको हिस्सेदारीलाई प्राथमिकता दिँदा गठबन्धन धोकाको पर्याय बनेको छ । उदाहरणका लागि,...