Skip to main content

रविको ‘आदेश’मा लुकाइयो साढे ४४ लाखमा तयार सुन आयोगको प्रतिवेदन

By Ratopati.com 

रामप्रसाद दाहाल : 

काठमाडौँ  /  कार्यान्वयनमा गइसकेको सुन तस्करीबारे छानबिन गर्न गठित डिल्लीराज आचार्य आयोगको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकोआदेशमा लुकाइएको

गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीलेसुरक्षा संवेदनशीलता अपराध अनुसन्धानमा वाधा पर्ने भन्दै प्रतिवेदन उपलब्ध गराउन नसकिने जनाएका छन्

 ‘पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सुरक्षा संवेदनशीलता अपराध अनुसन्धानसँग सम्बन्धित रहेको अनुसन्धान कार्य पूर्ण रूपमा सम्पन्न भई नसकेकोले सूचनाको हक सम्बन्धी ऐन, २०६४, को दफा को उपदफा को () () आकर्षित हुने भएकाले उक्त प्रतिवेदन उपलब्ध गराउन नसकिने’, अधिकारीले रातोपाटीलाई दिएको लिखित जानकारीमा भनिएको

मन्त्रालयका एक उच्च अधिकारीले उपप्रधान तथा गृहमन्त्री लामिछानेले नै प्रतिवेदन सार्वजनिक नगर्न आदेश दिएको बताउँछन्

पूर्व प्रशासकहरू गृहको यो शैलीलाई गलत ठान्छन् कार्यान्वयनमा गइसकेको प्रतिवेदनलाई सुरक्षा संवेदनशीलता अपराध अनुसन्धानसँग सम्बन्धित रहेको अनुसन्धान कार्य पूर्ण नभएको भन्नु हास्यास्पद रहेको उनीहरूको भनाई  नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रिताल कार्यान्वयनमा गइसकेको प्रतिवेदन सार्वजनिक नगर्नुको औचित्य देख्दैनन्

कार्यान्वयनमा गइसकेको प्रतिवेदन अनुसन्धान कार्यसँग सम्बन्धित भन्न मिल्ने विषय होइन अनुसन्धान सकिएर कार्यान्वयनमा गएको हो, अध्ययन समिति कार्यान्वयनकै एउटा पाटो होउनले रातोपाटीसँग भने

आयोगको खर्च :

मन्त्रिपरिषद् बैठकले २०८० असोज १४ मा आयोग गठन गरेको थियो उसले तयार पारेको प्रतिवेदन निकै महँगो । असोज १५ गतेदेखि काम थालेको आयोगले ४४ लाख ५० हजार ५८२ रुपैयाँ खर्चेर प्रतिवेदन तयार पारेको हो नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८० फागुन ३० गतेसम्म आयोगले विभिन्न शीर्षकमा गरेको खर्च त्यति गरेको गृहका सूचना अधिकारी अधिकारीले जनाए

खर्च विवरण यस प्रकार -

पदाधिकारीको पारिश्रमिक (तलब) मा १५ लाख ६८ हजार सय ८५

पदाधिकारी कर्मचारीहरूलाई ५० प्रतिशत अन्य भत्ता बापत ११ लाख ५४ हजार सय ७०

सवारी चालक, इन्धन सवारी साधन बापतको सुविधामा १५ लाख ३९ हजार सय ८०

अनुगमन, मूल्याङ्कन खर्च लाख ६९ हजार सय ९७

विविध शीर्षकमा १६ लाख सय ५० रुपैयाँ

 आचार्यको अध्यक्षतामा गठित आयोगमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, पूर्व सहसचिवद्धय किशोर जङ्ग कार्की प्रेमराज जोशी सदस्य रहेका थिए

आयोगले साढे पाँच महिनाको अवधिमा तयार पारेको प्रतिवेदन चैत गते उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई बुझाइएको थियो

आयोगले विदेशबाट इलेकट्रोनिक सिगरेट (भेप) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको साउन गते ब्रेक सुमा सुन राखी अवैध तस्करी गरिएको विषयमा गहन अध्ययन अनुसन्धान गरी सुनको आयात तथा उपयोगमा अवलम्बन गर्नु पर्ने नीति तथा विगतमा भएका सुन तस्करीको घटनामा अनुसन्धान अभियोजनमा देखिएका कमीकमजोरी सुधार्न सिफारिस गरेको

तस्करी नियन्त्रणसँग सम्बन्धित विभिन्न नीति, कानुनी व्यवस्था कार्यान्वयनको जिम्मेवारी लिएका निकायको संरचना क्षमता तथा कार्य प्रणालीको अवस्थाको अध्ययन, अवलोकन, छलफल, अन्तर्क्रियालगायतका माध्यमबाट सुझाव लिई सुधारका लागि सिफारिस गरिएको

प्रतिवेदन कार्यान्वयनबारे गृहको झुट

 प्रतिवेदन ग्रहण गरेपछि लामिछानेको दौडधुप बढेको थियो उनले प्रतिवेदन हात पारेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाईब्रिफिङगरेका थिए मन्त्रिपरिषद्को बैठकले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लाने निर्णय लियो त्यसपछि लामिछानेले युद्धस्तरमा कार्यान्वयन गर्ने बाचा गरेका थिए

त्यसपछि सुन प्रतिवेदनले डामेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई पक्राउ गरियो उनको संलग्नता चिनियाँ सुन तस्कर दाओ जित वाङसँग देखिएको आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरिएका महरा पछि अदालतको आदेशमा रिहा भएका थिए

आयोगले सुन तस्करीको अनुसन्धानमा अभियुक्तलाई उन्मुक्ति दिएको औँल्याएको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्य, प्रहरी अधिकृतहरू सञ्जय थापा, दुर्गा दाहाल रुगम कुँवरलाईकारबाहीस्वरूप सरुवा गरियो गृह मन्त्रालयका एक अधिकृतका अनुसार, उनीहरूले अहिले गृहमन्त्रीसँग बारम्बार भेट गरिरहन्छन् यो बिचमा सुन तस्करीका फरार अभियुक्त अछामका जीवन चलाउने विरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको

कार्यान्वयनमा गइसकेको प्रतिवेदन लुकाउने मात्र होइन, गृह मन्त्रालयले प्रतिवेदन कार्यान्वयनको प्रगति विवरण पनि दिन चाहेन

उपसचिव अधिकारीलेउक्त प्रतिवेदन नेपाल प्रहरीबाट कार्यान्वयन भइरहेको हुँदा कार्यान्वयनको विषयमा नेपाल प्रहरीबाटै जानकारी लिन उपयुक्त हुनेलिखित जानकारी रातोपाटीलाई दिएका छन्

यद्यपि उनको यो सूचनामा सत्यता पाइएन नेपाल प्रहरीले आचार्य आयोगको प्रतिवेदन प्राप्त नै नभएकाले कार्यान्वयनको प्रगति भन्न नसकिने जनायो हामीले प्रतिवेदन नै पाएका छैनौँ,’ केन्द्रीय प्रहरी प्रवक्ता भीम प्रसाद ढकालले रातोपाटीसँग भने

अध्ययनको नाममा समिति गठन, कार्यान्वयन ठप्प

प्रतिवेदन कार्यान्वयनमा भाँजो हाल्न रणनीतिक रूपमा अध्ययन समिति गठन गरियो चैत ११ गते मन्त्रीस्तरीय निर्णयका आधारमा गृहका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा अध्ययन समिति गठन गरेपछि प्रतिवेदन कार्यान्वयन ठप्प भएको । त्रितालले समिति गठन प्रतिवेदनको कार्यान्वयनकै अङ्ग भएकाले कारबाही ठप्प पारिरहनु जायज नभएको बताए

Comments

Popular posts from this blog

जनताको चाहना : रवि लामिछानेलाई कार्यकारी प्रमुख

रवि लामिछानेलाई कार्यकारी प्रमुख ( जस्तै प्रधानमन्त्री ) को रूपमा हेर्ने जनताको चाहना बारेमा प्रत्यक्ष जनमत सर्वेक्षण उपलब्ध नभए पनि , हालसम्मका राजनीतिक घटनाक्रम र निर्वाचन परिणामहरूले केही संकेतहरू दिएका छन् । २०८० सालको उपनिर्वाचनमा रवि लामिछानेले चितवन – २ क्षेत्रबाट दुई तिहाइभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका थिए । त्यस्तै , राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का अर्का उम्मेदवार स्वर्णिम वाग्लेले तनहुँ – १ बाट कुल खसेको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरे । यी परिणामहरूले जनतामा परम्परागत दलहरूबाट असन्तुष्टि र नयाँ विकल्पप्रति आकर्षण देखिन्छ । रास्वपाको उदय र लामिछानेको लोकप्रियता जनताले वैकल्पिक नेतृत्व खोजिरहेको संकेत हो । तर , पार्टीको स्थिरता र दीर्घकालीन योजनाबारे जनतामा शंका पनि देखिन्छ । यसले जनताको समर्थन त छ , तर त्यो लामो समय टिक्ने हो कि होइन भन्ने प्रश्न उठाउँछ । रवि लामिछाने र रास्वपाले जनताको उल्लेखनीय समर्थन प्राप्त गरेका छन् , विशेषतः ...

चबुना_मवनेमा जनम जनमको : सांगीतिक क्षेत्रमा अमिट छाप चार वर्षको सफल यात्रा

       काठमाडौं /  चार वर्षअघिको आजकै दिन , नेपाली सांगीतिक जगतले एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।           नेवारी गीत " चबुना मवनेमा जनम जनम.. " को म्युजिक भिडियो सार्वजनिक भएको दिन , जसले नेपाली सांगीतिक इतिहासमा नयाँ अध्याय थप्यो । मध्यान्तर न्यूज डट कमका वरिष्ठ संवाददाता तथा ख्यातिप्राप्त निर्देशक प्रसन्न शाक्यको निर्देशनमा बनेको यो गीत न केवल नेवारी समुदायको सांस्कृतिक पहिचानको प्रतिक बन्यो , बरु सम्पूर्ण नेपाली संगीतप्रेमीहरूको मन जित्न सफल भयो । " चबुना मवनेमा " ले गीतको मार्फत गहिरो सांस्कृतिक भावनाहरूलाई प्रस्तुत गर्दै नेपाली कला र संगीतको उचाइ बढाएको छ । गीतको शब्द प्रसिद्ध लोकगायक रत्न बेहोशीद्वारा रचित छ । उहाँका छोरा आनन्द बेहोशीको स्वर र चेतन बेहोशीको संगीतले यसलाई अझ सशक्त बनाएको छ । साथै , वरिष्ठ गायिका तिर्थ कुमारी ज्यू को स्वरले गीतमा अर्को जीवन थपेको छ ।   प्रसन्न शाक्यको निर्देशनले यो गीतलाई केवल...

नेपालको राजनीतिमा गठबन्धन र धोकाको खेल : रास्वपाले विशेष रणनीति अप्नाउन जरुरी

सन्तोष अधिकारी  नेपालको राजनीति गठबन्धनको आधारमा चल्ने परम्परागत अभ्यास हो । यहाँका दलहरूले सत्ता प्राप्त गर्न, सरकार गठन गर्न वा निर्वाचनमा जित हासिल गर्न गठबन्धनलाई प्रमुख रणनीतिका रूपमा प्रयोग गर्छन् । तर, यी गठबन्धनहरू प्रायः सिद्धान्त र जनहितभन्दा सत्ता र स्वार्थमा केन्द्रित हुन्छन्, जसले नेपालको राजनीतिमा धोकाको संस्कृति स्थापित गरेको छ । नेपालको बहुदलीय प्रणालीमा कुनै एक दलले स्पष्ट बहुमत ल्याउन कठिन छ । २००७ सालको प्रजातन्त्र स्थापनादेखि नै दलहरूले साझेदारी र गठबन्धनमार्फत सत्ता सञ्चालन गर्दै आएका छन् । उदाहरणका लागि, २०७९ को आम निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), र अन्य साना दलहरूले गठबन्धन बनाएर सिट बाँडफाँट गरे, जसले सरकार गठनमा महत्वपूर्ण भूमिका खेल्यो । यस्ता गठबन्धनले साना दलहरूलाई पनि संसदमा प्रतिनिधित्वको अवसर दिन्छ र राजनीतिक स्थायित्वको सम्भावना बढाउँछ । नेपालको इतिहासमा गठबन्धनहरू धेरैजसो अवसरवादी र अस्थिर भएका छन् । दलहरूले साझा विचारधारा वा जनताको हितभन्दा सत्ताको हिस्सेदारीलाई प्राथमिकता दिँदा गठबन्धन धोकाको पर्याय बनेको छ । उदाहरणका लागि,...