तत्कालीन राजा पृथ्वीनारायण शाह १४ वर्ष पुगेपछि डोला (विवाह गर्नका लागि अन्यत्रबाट घरमा ल्याएर राखिएकी कन्या) का सन्देश ह्वारह्वार्ती आउन थाले । तिनताक राजकुमार विवाहयोग्य भएपछि डोलाका सन्देश आउँथे । यस्ता सन्देश ल्याउने काम ब्राह्मण लमीले गर्थे । पुरस्कारको लोभमा पनि यो काम गरिन्थ्यो । सामान्य राजा–रजौटाका छोरी डोला ल्याएर पृथ्वीनारायणको बिहे गराउने पक्षमा महारानी चन्द्रप्रभा र कौशल्या थिएनन् । मकवानपुरे राजा माणिक्य सेनका छोरा हेमकर्णकी कन्या इन्द्रकुमारीसँग बिहे निश्चित भयो । डोलामैयाँसँग मकवानपुरमै बिहे भयो । डोलालाई आफ्नै राज्यमा झिकाएर बिहे गर्ने चलन हुन्थ्यो । तर पृथ्वीनारायण डोलामैयाँकै राज्यमा बिहे गर्न पुगे । उमेरको कारण देखाएर हेमकर्णले कन्यालाई गोर्खा पठाउन चाहेनन् र पृथ्वीनारायण डोलाबेगर गोर्खा फर्किनुप-यो । केही समयपछि वधु लिन पुनः मकवानपुर पुगे (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी : बाबुराम आचार्य) । पृथ्वीनारायण शाहले दिव्य–उपदेशमा हेमकर्णका छोरा दिग्बन्धनलाई “डोला पनि लैयाउ, नेपाल पनि देषि आउ भनि मकवानपुर गँञु र पुग्यापछि दिकवन्दनसेनलाई यवटा कुराको करेउलि (करकाप वा अड्डी) लिएर भने यकदन्ता हाति र नवलाषि हिराको हार दिन्छौ भने डोला पनि लैजाला दिन्न भन्या काढि तरवारसित पनि लैजांला” भनेको कुरा उल्लेख छ । तर उनी डोला नलिई फर्किए ।
उमेर पुगेका भावी राजाको विवाह नगरी भएन । जेठी महारानीले ‘ञाहा पाहाडमा चौविसि बाइसि राजाहरूका कन्या मलाई भयेन. मध्येस्या राजपूतका छोरी जाँच बुझ गरी ठहराई गर्नु’ भनेर भानु जोशी अज्र्याललाई डोला खोज्न खटाइन् । भानु डोला खोज्न काशी पनि पुगे । उनले अरूलाई पनि खटाए । भारतको गोरखपुरका ठाकुर दयारामसिंहकी कन्यालाई डोलाका रूपमा गोर्खामा भित्र्याइयो । उनीसँग पृथ्वीनारायणको विवाह भयो र डोलामैयाँको नरेन्द्रलक्ष्मी नामकरण गरियो (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी : बाबुराम आचार्य) ।
रातको समयमा हेरिएकाले दिउँसो हेर्न पाए हुन्थ्यो भन्ने पनि अनुरोध गरियो । गोपालपुरका राजाले अनुमति दिए । राति गोरो वर्ण ठहयाइएको कन्या भोलिपल्ट दिउँसो हेर्दा सावलो रङको देखिएको भनेर राजालाई पठाइएको पत्रमा उल्लेख गरियो ।
पृथ्वीनारायणका
पुत्र प्रतापसिंह शाह १५ वर्ष पुगेपछि
विवाहयोग्य ठहरिए । डोला खोज्ने
प्रसङ्ग फेरि सुरु भयो । माता नरेन्द्रलक्ष्मीले
माइतीघर अर्थात् गोरखपुरतिरैबाट डोला झिकाउने योजना बनाइन् । राजपूत कन्यालाई
डोलाका रूपमा नुवाकोटमा झिकाइन् । नुवाकोटमा निर्माण
गरिएको नयाँ राजभवनमा प्रतापसिंह र डोलाको विवाह
भयो (श्री ५ प्रतापसिंह शाह
: बाबुराम आचार्य) । तत्कालीन राजा
पृथ्वीवीरविक्रम शाहका रानी रत्नदिव्यश्वरी र लक्ष्मीदिव्यश्वरी भारतीय राजपूतका
डोला थिए । पछि वीरशमशेरले
नेपालका भावी राजा आफ्नी छोरीका सन्तान हुन् भन्ने चाहनामा कीर्तिदिव्यश्वरी र दुर्गादिव्यश्वरीसँग बिहे गराइदिए
। तर भारतीय राजकुमारी
लक्ष्मीदिव्यश्वरीबाट
शाहज्यादा त्रिभुवन पैदा भए । पछि
युवराज त्रिभुवनको विवाह भारत, बिहारका राजपूतका डोला कान्ति र ईश्वरीसँग बिहे
भयो ।
अर्जी.................................................................
कन्यावालाहरूले हाम्रा कन्या हेरी लिन्छौ भन्दा ४०।५० हजार रूपैयाँ पैल्हे देउ, कन्या हेया पछि छोडन्या छैन भन्या कबोल गर र हेर्न आउ भनी भन्दा जुन्र्या नजुन्र्या टिपन हेर्न नपाइ रूपरंगन हेरी कस्ता तरहले आटौँ भनी हामीहरूको सल्लाह हुँदा उनीहरूले पनि कन्या देखाएनन्...।”
डोला नेपाल ल्याइसकेपछि सुसारेहरूले ठिक बेठिक भएको जाँच गर्ने गर्थे । कथंकदाचित डोला
उपयुक्त ठहरिएनन् भने नेपालका राजा र भारतका राजपूतबीचको
सम्बन्धमा चिसोपन आउनसक्थ्यो । त्यसतर्फ डोला
खोज्न जाने निकै सजग हुन्थे । कतिपय भारतीय
राजपूतले नेपालीले हेर्नासाथ चित्त नबुझाउने भएकाले आफ्ना कन्यालाई हेर्नका लागि सर्त अगाडि सार्थे । कतिपयले हेरेवापतको
रकम नै माग्थे ।
१८९८ सालमा चिलुवाबाट कप्तान कीर्तिवीर कार्की, खजान्ची उमाकान्त आदिले पठाएको पत्रबाट स्पष्ट हुनसकिन्छ, “...तिघराबाट बाबु औदानसिंले षजुर गाँवा मैनावल भौवापारमा कन्या तलास ग-याका छन्
। तिमीहरू यहाँ आउ र कन्या
देखाउँला भनी लेख्ता सबै जना तिघरा जान्या काम भयो । वहाँ पुगी
कन्या हेन्र्या बातचित गर्दा षजुर गाँवा र मैनावलका कन्यावालाहरूले
हाम्रा कन्या हेरी लिन्छौ भन्दा ४०।५० हजार रूपैयाँ पैल्हे देउ, कन्या हे-या पछि
छोडन्या छैन भन्या कबोल गर र हेर्न
आउ भनी भन्दा जुन्र्या नजुन्र्या टिपन हेर्न नपाइ रूपरंगन हेरी कस्ता तरहले आटौँ भनी हामीहरूको सल्लाह हुँदा उनीहरूले पनि कन्या देखाएनन्...।”
डोला
खोज्न भारत पुगेको टोलीले पठाएको अर्जी । |
डोला खोज्न जानेले राजकुमारको चिना पनि लिएर जाने गरेका थिए । चिना बेसगरी
जु-यो भनेर खुसी
हुने अवस्था पनि रहन्थ्यो । ‘चिह्ना विटामा
पनि षर्दारले जाच्याथ्यो, बढिया मेल छ भन्छन्’ भनेर
डोला उठाउन लायक भएको खुसीको समाचार दरबारमा पठाइएको थियो । माहिला साहेबज्यूका
लागि ठह-याइएकी डोला
ल्याउँदै गरेको र भरिया पठाइदिनू
भनेर अनुरोध गरिएको पत्र दरबारमा पुग्यो, “विवाहका लगनलाई दिन २५ मात्र छ
। ४/५ दिन
यहाँ रिड साहेबसँग रोक सदर बोझा बेगारीलाई लाग्न्या छ । ४/५ दिन अगाडि
त्यहाँ दाखिल नगरी पुग्दैन । १२/१३
दिन बाटामा लाग्ला भन्या अन्दाजले बीचमा ३/४ दिन
मात्र रह्यो । यति दिनभित्रमा
भरिसक्ये रात दिन गरी लागि रह्या छौँ । हजुरका प्रतापैले
पाइया भन्या दुई डोला लिई हाजिर हाैँला । अर्काे डोला
ठहरेनन् भन्या जेष्ठ वदि १ रोज ५
का दिन चिलुवाबाट डोला चलाउन्या काम गर्छाैँ । ३/४
दिनभित्रमा जो होला गोरखपुर
पुग्यापछि विन्तिको अर्जी चढाइ पठाउन्या काम गरौँला । औँलाका दिन
छन् । अलौदेखि भीमफेदीसम्मलाई
२५/३० डोला भरिया
जना २००/२५० हेटौडासम्मलाई ताकितिको हुकुम बक्स्या बढिया होला । जो हुकुम
।”
जन्मपत्रिका (चिना)का साथै रूपरङ, नाप आदि मापदण्डलाई आधार बनाइन्थ्यो । डोला खोज्न जानेहरूले पनि साहेबज्यूका लागि ठहर्छ कि ठहर्दैन भनेर अन्दाज चाहिँ लगाउँथे । डोलाका बारेमा हिन्दी भाषामा समेत पत्र दरबार पठाइएको फेला पर्छ । ‘...हाल सब मालुम भया...नापसाध लिखी भेजनेका हुकुम भया...’ भनेर लेखिएका रमाइला पत्र पनि छन् । डोला उपयुक्त नठहरेपछि जनाउ दिनुपर्ने हुन्थ्यो । १९२२ साल वैशाख सुदी ९ रोज ६ मा कप्तान उदयरसिं बोगटीलाई प्यूठानका राजारजौटा राजपूतका मैयाँ हेर्न जिम्मा दिइएकोमा उनले कम्यान्डर इनचिफ जनरल रणोद्दीपसिंह कुवरलाई लेखेको अर्जी–
डोला
खोज्नेले लिएर गएको साहेबज्यूको जन्मपत्रिका । तस्बिर स्रोत
: राष्ट्रिय अभिलेखालय |
डोलालाई
नेपाल (काठमाडौँ) भित्र्याउँदा औलोको बचाउ गर्नुपर्ने हुन्थ्यो । त्यसैले धेरै
जसो डोला जाडोको मौसममा नै लिन जाने
चलन हुन्थ्यो । प्रायः कात्तिक–मङ्सिर वा माघ–फागुनमा
डोला लिन गइन्थ्यो । डोलाका साथमा
कन्याका बाबु, काका वा दाजुभाइमध्ये एक
जनालाई ल्याउनू भन्ने आदेश हुन्थ्यो । हेमदल थापाले
१९०२ साल कात्तिक बदि ३० रोज ५
मा श्री ५ शाहज्यादालाई रामपुरका
बाबु जयश्रीसिंहले डोलाका साथमा एकजना मात्र जान अस्वीकार गरेको अर्जी पठाएको थिए–
“अैल्हे
डोलाका साथमा बुबा कान्छा बुबा दाज्यू भाइमा जो जान्छौ एक
जवान बढिया होला भन्या कुरा सुनाउँदा श्री बाबुजयश्रीसिंहले ई कुरा सुन्दा
हाम्रा ञही आफ्ना गाउँघरमा विवाह गर्दामा पनि दश भाइ नातपात
आफ्ना आश्रममा रहन्या बडा छोटा सबैलाई सामेल नग-या हामीलाई
बडै ठट्टाह हुन्छ बडा दरबारको सरण ग-या सबै
कुराको हुर्मत रहला भनी सरणमा पर्न आयाका मानिसलाई डोलाका साथमा एक जनाले मात्रै
गया बढिया होला भनी तिमीहरूले क्या कुरा सुनाउँछौ यस्ता कुरा मेरा भाइ भतिजालाई सुनाया भन्या मेरो हुर्मत ञही जाइजान्या छ । अघिदेखि
आजसम्म नेपाल श्री ५ सर्कारमा डोला
जाँदै थिया कस्का पालामा येक जना मात्रै डोलाका साथमा गयाका छन् र मजाला भन्या
कुरा ग-या ।
येकै जना मात्रै जानुहुन्छ अरू भाइ विरादरहरूले अैल्हे जान हुँदैन, जैल्हे वोलावट आउला उसै वखतमा जाउला भन्या साफ जवाव दिउ भन्या बनिसक्याको काममा थोरै कसले बखेडा पर्न जाला भन्या देखियो र कहि जवाव
गर्न सकिएन । डोलाका साथमा
डोलाका बाबुका दाज्यू भाइ नातपातहरूमा चार पाच जना आउनलाई तयार भयाका छन् ।”
– प्रकृति अधिकारीको सहयोगमा
Comments