प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मन्त्रीपरिषदका अन्य सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्रीपरिषद्को बिहीबारको बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कट्ठा जग्गामा बनेको पार्किङसहितको घर छ । यो घर र जग्गा पैतृक सम्पत्ति रहेको र हाल स्वर्गीय धर्मपत्नी सीता दहालको नाममा रहेको विवरणमा उल्लेख छ । भरतपुर महानगरपालिका–१२ मा स्वर्गीय दाहालको नाममा एक कट्ठा जग्गा रहेको र यो अंशबाट प्राप्त भएको उल्लेख छ । प्रधानमन्त्री दाहालसँग पाँच तोला सुन छ । साथै एभरेस्ट बैङ्कमा २५ लाख रुपियाँ नगद मौज्दात रहेको र सो रकम प्रतिनिधि सभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको प्रमको विवरणमा उल्लेख छ ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको नाममा धनुषामा एक बिघा १५ कट्ठा जग्गा, ललितपुर महानगरपालिका–२५ मा दुई रोपनी १३ आना दुई पैसा एक दाममा बनेको साढे दुईतले घर तथा र जनकपुर उपमहानगरपालिका–३ मा बनेको अर्को साढे दुईतले घर छ । दुवै घर महासेठले श्रीमती जुलीकुमारी महतोको नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । महतोकै नाममा धनुषाको छिरेश्वरनाथ नगरपालिकामा सात बिघा, तीन कट्ठा, सिन्धुलीको कमलामाई नगरपालिकामा चार कट्ठा, ललितपुरको ललितपुर महानगरपालिकामा एक रोपनी सात आना, धनुषाको जनकपुर उपमहानगरपालिकामा तीन कट्ठा ११ धुर जग्गा रहेको छ । महासेठसँग दुई करोड २५ लाख रुपियाँ नगद, ४३ तोला सुन, १.५ किलो चाँदी, जवाहरत (स्टोन भएको) सात थान औँठी, तीन थान सिव्रmी, तीन जोर कानमा लगाउने र दुई जोर चुरा रहेको छ । यी सबै जिन्सी तथा नगद विभिन्न ठाउँको जग्गा बिव्रmी, पैतृक सम्पत्ति तथा उपहारस्वरूप प्राप्त भएको उल्लेख छ । श्रीमती महतोकै नामममा गुड्विल फाइनान्स र लक्ष्मी बैङ्कमा पाँच लाखको सेयर, महिला लघुवित्तको नाममा एक करोड रुपियाँको सेयर, कर्पोरेट बैङ्क वीरगन्जमा दुई करोड पचास लाख रुपियाँ बराबरको सेयर रहेको छ ।त्यस्तै अर्का उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नाममा गोरखाको सिरानचोक गाउँपालिकामा करिब चालिस रोपनी जग्गा रहेको तर २०५८ सालमै
पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरिएको र हाल प्रव्रिmयामा रहेको श्रेष्ठको सम्पत्ति विवरणमा उल्लेख छ । श्रेष्ठले
सेवासुविधाबापत प्राप्त भएको एक लाख २२
हजार नौ सय १८
रुपियाँ राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको र नेपाल कम्युनिस्ट
पार्टी (माओवादी) केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिनुभएको महिन्द्रा
गाडी रहेको पनि उल्लेख गर्नुभएको छ ।
त्यस्तै अर्का उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा भक्तपुरमा एक रोपनी एक
आना र श्रीमती निकिता
पौडेलको समेत सेयर रहेको गोपीकृष्ण प्रालिको नाममा काठमाडौँमा १० रोपनी जग्गा
रहेको उल्लेख गर्नुभएको छ । लामिछानेले
श्रीमती पौडेलकै नाममा बुढानीलकण्ठमा पाँच आना जग्गामा बनेको घर तीन करोड
पचहत्तर लाखमा खरिद गरेको र घर खरिद
गर्दा लिएको एक करोड पचास
लाख रुपियाँ ऋण चुक्ता हुन
बाँकी रहेको उल्लेख छ । लामिछानेसँग
८० तोला बराबरको सुन, १५÷२० केजी
बराबरको चाँदीको भाडा रहेको र यी सामग्री
श्रीमती पौडेलको बुवाआमाबाट प्राप्त भएको उल्लेख छ । लामिछाने
र
पौडेलको नाममा सात वटा बैङ्कमा खातामा छ लाख ६८
हजार रुपियाँ नगद रहेको उल्लेख छ । पौडेलको
नाममा गोपीकृष्ण सेन्ट्रलको आठ करोड ७५
लाख रुपियाँ बराबरको २५ प्रतिशत सेयर,
पौडेलको नाममा ४२ लाख रुपियाँको
टाटा नेक्सन इभी कार, तीन करोड रुपियाँ बराबरको गोपीकृष्ण इन्टरनेसनल नारी टिभी प्रालि (हाल नारी टिभी) र एक करोड
रुपियाँ बराबरको गोपीकृष्ण कामाक्ष मिडिया प्रालिसमेत रहेको छ ।
अर्थमन्त्री वर्षमान पुनले बुझाएको सम्पत्ति विवरण अनुसार एनएमबी बैङ्कमा ३३ लाख ७०
हजार ६१८ रुपियाँ मौज्दात छ । उक्त
रकम पुनले तलब भत्ता, भ्रमण भत्तासमेतबाट प्राप्त गरेको उल्लेख छ । त्यसै
गरी जन्मथलो रोल्पा नगरपालिका–७, माडीचौरमा ८२०
वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग जाजर कोटको भे र ी
नगर पालिकामा घर , सङ्गम बस् ने तका नाममा
जाजरकोटको दुई स्थानमा र श्रीमती सत्या
पहाडीका नाममा सुर्खेतमा जग्गा छ । तीन
लाख पचास हजार नगद तथा पाँच तोला सुन र केही चाँदीका
भाँडाकुँडा रहेको बस्नेतले उल्लेख गर्नुभएको छ । उहाँले
राष्ट्रिय वाणिज्य बैङ्कमा १० लाख रुपियाँ
मौज्दात र सत्या पहाडीको
नाममा छ लाख बराबरको
आइसिएमसी सेयर र नेपाल कम्युनिस्ट
पार्टी (माओवादी) केन्द्रको नाममा रहेको स्कोरपियो गाडी छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नो र परिवारको नाममा
तीन वटा घर भएको सम्पत्ति
विवरणमा उल्लेख गर्नुभएको छ । जस
अनुसार आफ्नै नाममा बझाङ जयपृथ्वी नगरपालिका–७ मा दुई
रोपनी क्षेत्रफलमा बनेको घर छ ।
त्यस्तै जयराज जोशीको नाममा बझाङमै दुई रोपनी क्षेत्रफलमा बनेको पैतृक घर पनि उल्लेख
र काठमाडौँ कीर्तिपुरमा जयलक्ष्मीदेवी जोशीको नाममा एउटा घर एवं बझाङमा
जयराज जोशीको नाममा जग्गा छ । त्यसको
स्रोत भने बुवाको तीन वटै भाइबाट आएको मन्त्री जोशीको उल्लेख छ । काठमाडौँको
चन्द्रागिरिमा चार आना दुई दाम निर्मलाकुमारी कोइरालाको नाममा जग्गा १३ लाख रुपियाँमा
तलबबाटै किनेको जोशीले उल्लेख छ । मन्त्री
जोशीले जयलक्ष्मीदेवी जोशीको नाममा चार तोला सुन रहेको र उक्त सुन
पैतृकसहित बिहेमा दाइजो पाएको उल्लेख छ । त्यसबाहेक
पैतृक सम्पत्तिबाट पाएको लोकेन्द्र जोशीको नाममा ८८.६६ ग्राम,
निर्मला कोइरालाको नाममा ३९ ग्राम सुन
छ र ६० तोला
चाँदी पनि जोशीसँग रहेको छ । राष्ट्रिय
वाणिज्य बैङ्क महाराजगञ्ज शाखाको खातामा एक लाख रुपियाँ
रकम रहेको र तलब भत्ताबाट
पाएको जोशीले उल्लेख गर्नुभएको छ । त्यस्तै
नेपाल बैङ्कमा जयलक्ष्मी जोशीको नाममा पाँच हजार, निर्मलाकुमारी कोइरालाको नाममा लक्ष्मी सनराइज बैङ्कमा एक हजार र
ग्लोबल बैङ्कमा ५० हजार रुपियाँ
मौज्दात छ । विजय
जोशीको नाममा ग्लोबल आइएमई बैङ्कमा पाँच हजार र लोकेन्द्र जोशीको
नाममा एभरेस्ट बैङ्कमा आठ हजार मौज्दात
रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री
जोशीले आफ्नो सम्पत्ति विवरणमा ४३ लाख रुपियाँ
ऋण उल्लेख गर्नुभएको छ । त्यो
ऋण पनि जयलक्ष्मीदेवी र निर्मला कोइरालाको
नाममा छ । उहाँले
उक्त ऋणमध्ये तीन लाख १० हजार रुपियाँ
तिरेको बताउनुभएको छ । जयलक्ष्मीदेवी
जोशीको नाममा रगुन खोलामा आठ लाख रुपियाँको
सेयर खरिद गरेको मन्त्री जोशीले उल्लेख गर्नुभएको छ । त्यस्तै
निर्मलाकुमारी कोइरालासँग आमाबुवाले दिएको एउटा स्कुटर छ ।
संस्कृति,
पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग र ाष्ट्रिय वाणिज्य
बैङ्कमा सात लाख ५० हजार रुपियाँ मौज्दात छ । त्यस्तै
चल सम्पत्तिमा १३ लाख नगद
र नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२
रोपनी आठ आना तीन
पैसा एक दाम जग्गा
पैतृक सम्पत्ति रहेको छ । त्यसबाहेक
तामाङसँग छ तोला सुन
र सात÷आठ तोला चाँदी
रहेको छ । सूचना
तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मासँग कीर्तिपुरमा साढे दुईतले घर कृष्णध्वज खड्काको
नाममा रहेको छ । कृष्णध्वज
खड्का, हरि खड्का, घमानसिंह खड्काको नाममा विभिन्न ठाउँमा जग्गा छ । उहाँसँग
छ तोला सुन र पाँच तोला
चाँदी, विभिन्न वित्तीय संस्थामा २१ लाख ७८
हजार रुपियाँ मौज्दात, राष्ट्रिय वाणिज्य बैङ्कबाट लिएको ६५ लाख रुपियाँ
र विभिन्न वित्तीय संस्थामा एक हजार पाँच
सय ऋण लिएको सम्पत्ति
विवरणमा उल्लेख छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग पैतृक सम्पत्तिका रूपमा पर्वतमा सात आना जग्गा र त्यहाँ बनेको
घर छ । आमा
सीताकुमारी गिरी र आफ्नो नाममा
पर्वतको दुई ठाउँमा ११ आना जग्गा
रहेको छ । त्यस्तै
उहाँसँग २३ तोला सुन,
पारिश्रमिकबाट आएको एक लाख रुपियाँ
बैङ्क मौज्दात, पोखराको न्यु ऐरा रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस पोखरामा ऋण र पैतृक
सम्पत्तिबाट ५० लाख लगानी
तथा नेपाल बैङ्कबाट ४० लाख ऋण
लिएको उहाँले उल्लेख गर्नुभएको छ । कृषि
तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहसँग बाराको विभिन्न ठाउँमा तीन वटा घर, अमृत शर्माको नाममा सर्लाहीको मानपुरमा ५० लाख रुपियाँ
बराबरको जग्गा र १० तोला
सुन र २५ तोला
चाँदी तथा बैङ्कमा चालिस हजार रुपियाँ मौज्दात छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग वसुन्धारा पौडेल अधिकारीको नाममा कपिलवस्तु वाणगङ्गामा एउटा घर छ ।
श्रीमती र भाइ नवराज
अधिकारीको नाममा विभिन्न ठाउँमा जग्गा तथा १० तोला सुन
छ । विभिन्न बैङ्कमा
नगद मौज्दात तथा सिनर्जी इनर्जी सङ्खुवासभामा एक हजार पाँच
सय कित्ता सेयर तथा एउटा मोटरसाइकल उहाँसँग छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग धादिङ, काठमाडौँ, लमजुङ र भक्तपुरका विभिन्न
१२ स्थानमा जग्गा छ । काठमाडौँमा
घर, सुन, बैङ्क खातामा नगद रहेको पनि उहाँको सम्पत्ति विवरणमा उल्लेख छ । धादिङ
र काठमाडौँको जग्गा अम्बिका केसीको नाममा रहेको तथा लमजुङ र भक्तपुरमा रहेको
जग्गा आफ्नो नाममा रहेको उल्लेख छ । सबै
जग्गाको अनुमानित मूल्य पाँच करोड २८ लाख रुपियाँ
बराबरको छ । अर्यालसँग
सुन १५० तोला, चाँदी एक सय तोला
र हिरा १० तोला छ
। वित्तीय संस्थामा दुई करोड १८ लाख रुपियाँ
छ । अर्याल र
श्रीमती केसीका नाममा विभिन्न संस्थामा ६७ हजार कित्ता
सेयर र एक करोड
२५ लाख ४३ हजार रुपियाँमा
किनेको प्राडो कार छ । अर्यालको
स्वामित्वमा स्वयम्भू स्टार ब्याङ्क्वेट, सुमिरे ट्राभल्स एन्ड टुर्स प्रालि, इजी लिङ्क र एपिए ह्यान्डिव्रmाफ्ट छ । सबै
कम्पनीको मूल्य दुई करोड २३ लाख बराबरको
रहेको उल्लेख छ ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग वीरेन्द्रभक्त श्रेष्ठ र विकास श्रेष्ठको
नाममा काठमाडौँमा दुई वटा घर, १५ तोला सुन
र ५० तोला चाँदी
छ । उहाँसँग विभिन्न
कम्पनीको नाममा एक करोड नौ
लाख रुपियाँ बराबरको १५ हजार ९०६
कित्ता सेयर छ । विभिन्न
आठ वटा बैङ्कमा ८३ लाख ७२
हजार ७५४ रुपैयाँ बचत स्वआर्जनको रहेको छ । उहाँसँग
८५ लाख रुपियाँको टोयटाको ल्यान्डव्रmुजर कार र १९ लाख
७५ हजारको एमजी विद्युतीय गाडी, तीन लाख ६४ हजारको स्कुटर
तथा विभिन्न ब्रान्डका तीन लाखको घडी छ भने २०
लाख रुपियाँ ऋण छ ।
सहरी विकासमन्त्री धनबहादुर बुढासँग छ वटा घर
छन् । तीमध्ये काठमाडौँमा
१७ र २० आना
जग्गामा बनेको घर श्रीमती हिमालीको
नाममा छ । श्रीमती
हिमालीको नाममा काठमाडौँमा सात आना अर्को जग्गा पनि छ । साथै
१५० तोला सुन र तीन सय
तोला चाँदी पनि छ । बुढाले
आफ्नो नाममा १५ लाख रुपियाँ
र श्रीमतीको नाममा ४५ लाख रुपियाँ
मौज्दात रहेको उल्लेख गर्नुभएको छ । उहाँसँग
हाइलक्स र प्राडो गाडी
रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको एनआईसी एसिया र एभरेस्ट बैङ्कको
खातामा एक करोड ५२
लाख रुपियाँ मौज्दात छ । उहाँसँग
आफ्नै नाममा घर भने छैन
। श्रीमान् पोल्यान्डका नागरिक पावल स्वविन्स्कीको नाममा पनि थप रकम छ
। त्यस्तै श्रीमान्को नाममा पोल्यान्डको मुद्रा पनि एक लाख ८०
हजार रुपियाँ छ । यसको
नेपाली रूपान्तरण गर्दा ६१ लाख ३२
हजार रुपियाँ हुन्छ । यो विदेशी
मुद्रा श्रीमान्को परिवारले दिएको उल्लेख छ । शिक्षामन्त्री
श्रेष्ठसँग काभ्रेको रियालेमा आठ रोपनी छ
आना तीन पैसा जग्गा छ । मन्त्री
श्रेष्ठले विवाहमा उपहार पाएको १० तोला र
हजुरआमाको शेषपछि पाएको एक तोला गरी
११ तोला सुन, विवाहमा उपहार पाएको एक सय तोला
चाँदी, विवाहमा उपहार पाएको हिराको सेट र हजुरआमाको शेषपछि
पाएको हिराको टप रहेको उल्लेख
छ । उहाँसँग एक
थान स्कुटर, एक थान विद्युतीय
गाडी पनि छ ।
वन तथा वातावरणमन्त्री
नवलकिशोर साह सुडीसँग नौ वटा घर
छन् । पाँच वटा
घर श्रीमती सावित्रीदेवी साह सुडीको नाममा र तीन वटा
आफ्नै नाममा छन् । एउटा घर
शैलेशकुमार साहको नाममा छ । मन्त्री
सुडी र परिवार को
नाममा १५ ठाउँमा जग्गा
छ । श्रीमती सुडीसँग
५६ तोला सुन र ६५० ग्राम
चाँदी सबै विवाह गर्दा ससुराली र बुवाआमाबाट उपहारस्वरूप
प्राप्त भएको उल्लेख छ । सुमित
कुमारसँग ३५ तोला सुन,
माधवी भारतीसँग २२ तोला सुन,
शालिनी देवीसँग १७ तोला र
मञ्जु साहसँग २८ तोला सुन
छ । मन्त्री सुडीको
विभिन्न बैङ्कमा ४० लाखभन्दा बढी
नगद मौज्दात पनि छ । परिवारका
अन्य सदस्यका नाममा पनि बैङ्क मौज्दात छन् । जानकी फन
पार्कमा मञ्जु साहको नाममा एक करोड २५
लाख रुपियाँको सेयर पनि छ । सुडीसँग
१२ बोरको राइफल बन्दुक रहेको पनि उल्लेख छ । खानेपानीमन्त्री
राजेन्द्र राई सँग धनकुटा पाख्रीबास नगरपालिकामा अंशबाट प्राप्त एउटा घर, पाख्रीबास नगरपालिका–७ मा ३०
रोपनी चार आना छ पैसामा चिया
बगान र ८ नम्बर
वडामा २५ रोपनी जग्गामा
चिया बगान छ । दुवै
चिया बगान प्राप्तिको स्रोत भने अंशबाट प्राप्त उल्लेख छ ।
खानेपानीमन्त्री राईसँग १० तोला सुन,
१० तोला चाँदी र २०५१ मा
पुख्र्यौलीबाट प्राप्त भएको सम्पत्ति विवरणमा राईले श्रीमती मञ्जु मानवी पौडेल र बुहारी युनिता
राईको एक÷एक थान
स्कुटर रहेको विवरणमा समावेश गर्नुभएको छ । उहाँको
अंशबाट सात वटा गाई र ६३ वटा
बाख्रा पनि सम्पत्तिका रूपमा रहेका छन् । रक्षामन्त्री हरि
उप्रेतीसँग भोजकुमारी उप्रेतीको नाममा सर्लाहीमा एउटा घर, केही सुन र एउटा सवारीसाधन
छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग उदयसिंह भण्डारीको नाममा बैतडीको पाटनमा पुख्र्यौली छकोठे घर, उदयसिंह र कविता भण्डारीको
नाममा दुई ठाउँमा जग्गा, छ तोला सुन,
एभरेस्ट बैङ्कमा आठ लाख ६४
हजार रुपियाँ नगद मौज्दात छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको नाममा सुनसरी र काठमाडौँमा दुई
वटा घर, दाङ र सुनसरीमा समेत
गरेर छ ठाउँमा जग्गा,
७५ तोला सुन र २५ केजी
चाँदी छ । एभरेस्ट,
नबिल र राष्ट्रिय वाणिज्य
बैङ्कमा १७ लाख रुपियाँ
मौज्दात, विभिन्न वित्तीय संस्थामा दुई लाख कित्ता सेयर पनि छ । स्वास्थ्य
तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य तथा
जनसङ्ख्या राज्यमन्त्री हसिना खानको सम्पत्ति विवरण भने प्राप्त नभएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
Comments