भाग्यमानि तिमि ‘‘कहिले काहि सोच्ने गर्छु , समयमै छाड्यौ अन्यथा मेरो मायाले तिम्ले पाएको हर दुःखमा यादगर्न मजबुर बनाई दिन्थ्यो
ति मिठा पल
क्षणिक हुन्छ मानिसको सबै खुसिहरु कतीबेला कस्लाई, कहाँ, के भैदिने हो अन्दाज पनि हुदैन । यस्तै – यस्तै क्षणिक सुख,अनि काल्पनिक सपनाहरु लाइ अङगालेर अघि बढ़ीरहेको छु । मलाइ त्योदीन अझैपनि हिज जस्तो लाग्छ जून दीन तिमि सँग पहिलो पटक सामाजिक सञ्जाल मा कुरा भयको थीयो । कसैलाई विश्वास् गर्न नसकिने योदुनियामा तिम्ले मलाइ अनि मैले तिम्लाई सजिलै विश्वास गरेको थियू , हो त्यसै दीन हामीमा गल्ती भयको रैछ । तिम्ले सधै मेरो मजाक बनाई कटपुतली को रुपमा सबको साम्ने मलाई प्रस्तुत गरि आपू खुसि हुने गर्दथेउ । म पनि कस्तो पागल रहेछु तिमी खुसि भयछि तेतिकै खुसि हुने ।
हरेक पलमा तिम्रो याद मा बसेर काल्पनिक सपनाहरु को अनगिन्ति चाँङ लगाई भविष्यको बारेमा सोच्नेको सिवा अरु कुनै काम गरेन । सबै जनाले भन्ने गरेका थिए , तिमी गलत मान्छे सँग सम्बन्ध विस्तार गर्दै छौ । यि सबै मेरा आफ्न्त नै थिए । सबै सँगको सम्बन्ध तोडिदिए । आखिर तिम्रो मायामा पागल न थिए ।
जव तिमी सँगको सम्बन्धमा दरार आयो म पल – पल तडपिंथ्य तिम्रो बोली सुन्न, तिम्लाई सायद मेरो आवाज नै मन पर्दैन थीयो होला । भैगो छाड़ी देऊ ,कसैको मन यतिसम्म कजोर बनाउने कोसिस गर्नु हुन्न जो जँहा छ उही रहन दिनु पर्छ, झूटो सपना को ख्वाब देखाई आफ्नो वसमा राखने कोसिस पनि गर्नुहुन्न किनकी हरकोई सँग यौटा मात्र बिकल्प हुन्छ जुन पुरा गर्न हर सम्भव कोसिस गर्ने गर्दछ ।
भाग्यमानि तिमि ‘‘कहिले काहि सोच्ने गर्छु , समयमै छाड्यौ अन्यथा मेरो मायाले तिम्ले पाएको हर दुःखमा यादगर्न मजबुर बनाई दिन्थ्यो । ए सुन , माँया एउटा भावना हो मजबूरी होइन । जाहिले को झगड़ा कीच–कीच धेरै भयो मायामा झगड़ा सामान्य मान्छन तर योसबै कसैको चरित्र हत्या गर्नु हो । बिहे अगाडि त यस्तो हालात हुन्छ पछि के होला सानो सानो कुरामा शङ्का अनि मन मुटाव ,फेरी त्यहि झगड़ा ।
धन्याबाद
Comments